Monday, December 1, 2014

आजको राशिफल वि.सं.२०७१ साल मंसिर १६ गते। मंगलबार। सन् २०१४ डिसेम्बर २ तारिख।

Aries (चु, चे, चो, ला, लि, लु, ले, लो,
अ):
काममा लगानीको समय छ।
केही चुनौती पनि आइलाग्न सक्छन्। विदेश
भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । धैर्यसाथ काम
लिनुपर्ला। छर–छिमेकमा असमझदारी बढ्ने योग छ ।
तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।
घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले
बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्।।

Taurus (इ, उ, ए, ओ, वा, वि, वु,
वे, वो):
आम्दानी बढ्ने र
उठ्नुपर्ने रकम हातलागी हुने
समय छ। दाम, नाम, इनाम हात पर्ने बेला छ।
श्रमको उचित मूल्यांंकन होला।
पढाइमा पनि राम्रै प्रगति हुनेछ। पितृधन समेत लाभ होला। समय
उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ।
कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला।
तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

Gemini (का, कि, कु, घ, ङ, छ, के, को,
हा):
सामाजिक कामको दायित्व बढ्नेछ।
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई
प्रभावित पारेर काम बनाउने समय छ। दाम,
इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर,
उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते
पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
काममा मातापिताको सहयोग प्राप्त होला। परिवारजनको भरण–
पोषणमा खर्च बढ्नेछ।

Cancer (हि, हु, हे, हो, डा, डि, डु,
डे, डो):
परिश्रम परे
पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य
सम्पादन गर्ने वा तीर्थाटनको योग
छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय
छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य
क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
भाग्योन्नतिको समय छ।

Leo (मा, मि, मु, मे, मो, टा, टि, टु,
टे):
सानातिना काम र घरेलु समस्यामै
अल्झनुपर्ने देखिन्छ।
सवारीमा समेत
सावधानी अपनाउनुपर्ला।
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न
गर्दा व्यावसायिक काम बन्न सक्न्। तर, सहयोगीहरू
जुटाउन निकै प्रयत्न गर्नुपर्ला। विगतका समस्या बल्झिन सक्छन्।
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। उपचारमा खर्च
हुने योग छ।

Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे,
पो):
उत्साहवर्द्धक समय छ। दिन
मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने
मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
प्रेमको बन्धन कसिने बेला छ।
आम्दानी प्रशस्तै बढ्नेछ।
नयाँ सवारी साधन प्राप्तिको योग छ। व्यापार–
व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

Libra (रा, रि, रु, रे, रो, ता, ति, तु,
ते):
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
व्यवसायमा आम्दानी बढ्ने र
फाइदा उठाउने समय छ। तर,
काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला।
चुनौती सामना गर्नपर्ला। वैदेशिक यात्राको अवसर आउला।
लेनदेनमा विवाद बढ्नुका साथै अलि अन्यायमा परिने समय छ, सजग
रहनुहोला।

Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि,
यु):
व्यावासायिक कामबाट राम्रो लाभ मिल्ने योग
छ। अधुरा काम बन्नुका साथै नयाँ काम सुरु
गर्ने समय छ। पढाइलेखाइमा प्रगति हुनेछ।
बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ। सुखद समाचारले दिन थप
उत्साहपूर्ण रहला। सन्तान वा अनुयायीले
प्रसन्नता दिलाउनेछन् । सानो प्रयासले विशेष काम सम्पादन हुन
सक्छ, क्रियाशील रहनुहोला।

Sagittarius (ये, यो, भा, भि, भु, धा, फा,
ढा, भे):
हतारको निर्णयले
काममा चुनौती आउलान्, सचेत
रहनुहोस्। घरेलु कामकाजमा रोकावट आउन
सक्छ।
महत्वाकांक्षी योजना गोप्य राखेर
अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। तापनि,
परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ।
मातृधनको उपयोगबाट सामान्य लाभ मिल्नेछ। पशुधन र जमिनबाट
पनि सामान्य फाइदा होला।

Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
काममा चुनौती देखिए
पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। धन आर्जन गर्ने मौका छ।
पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य
सम्बन्धमा केही असमझदारी बढ्ला।
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ।
सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ।
कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय
छ।

Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो,
दा):
राम्रै फाइदाको योग छ। रोकिएका काम
सम्पादन हुनेछन्। पठन–
पाठनमा प्रगति हुनेछ। विशेष सभा–
समारोहमा सहभागी बन्ने
मौका छ। पठनपाठनमा लाभान्वित बन्न सकिनेछ। मान–सम्मान बढ्नेछ
। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले
धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा,
चि):
प्पारिवारिक जमघटमा मन रमाउनेछ। मन
पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला।
पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम
बन्ने र नयाँ काम पाइने योग छ। प्रतिष्ठित
काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर,
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top