Wednesday, December 24, 2014

मान्छेको कोखबाट कछुवा जन्मीएपछि (भिडियो सहित)

काठमाडौं । भारतको छत्तीसगढको केशकालमा एक गरिब
परिवारमा एक अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा मानिसहरुका
लागि कौतुहलको विषय बनेको छ । यो बच्चा हेर्नेको भिड
ब्यवस्थापन गर्न अस्पताललाई हम्मे हम्मे परिरहेको छ ।
चिकित्सकका अनुसार यो बच्चा मानव जातिको भन्दा विल्कुल फरक
स्वरुपमा जन्मीएको छ ।
हेर्दा कछुवा जस्तो देखिने यो बच्चाको जन्म पछि चिकित्सकहरु पनि
अचम्ममा परेका थिए । सात महिनामै जन्मीएको यो
बच्चाको शरीरको रंग पनि निलो छ । बच्चाको
शरीरको कुनै अंग विकसित नै भएको छैन भने कुनै अंग
अस्वभाविक रुपमा विकसित भएको छ । बच्चाको अनुहार विकसित
भएको छ भने कान विकसित भएको छैन । देख्दा लाग्छ यो बच्चा
अन्य ग्रहबाट आएको हो । चिकित्सकले यो बच्चा अन्य ग्रहबाट
आएको एलियन पनि नभएको र कुनै भगवानको स्वरुप पनि नभएको
बताएका छन् । यो बच्चा हरक्विलीन भन्ने रोगको
विरामी परेको छ ।
लाखौंमा एकलाई हुने यो रोगको शिकार भएको यो बच्चाको थप उपचार
भैरहेको छ । उनलाई थप उपचार र अनुसन्धानकालागि चिकित्सकले
रायपुर लान सल्लाह दिएका छन् । तर, यस प्रकारको
विरामीको उपचारको सम्भावना ज्यादै न्युन रहने
चिकित्सकहरुको भनाई छ । एजेन्सीको सहयोगमा ।

भिडीयो हेर्न तल क्लिक मा क्लिक गरी हेर्नुहोस्
भिडियो यहॉ क्लिक गरी हेर्नुहोस ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top