साप्ताहिक राशिफल ,वि.सं. २०७१ पौष २० गतेदेखि - पौष २६
गतेसम्म
============================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा समयभरिका क्रियाकलापको लेखाजोखा गर्न मन
लाग्नेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र
प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक
योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ ।
मङ्गलबारपछि आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला ।
गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन ।
रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । शुक्रबारपछि बौद्धिक र
लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र
भाइबहिनीले खुसीको वातावरण
सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक
कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ
।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा कुनै नयाँ ठाउँमा निवेश र
लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले
काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल
हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ ।
मङ्गलबारपछि जिम्मेबारी वहन गर्नु पर्नेछ,
उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ
। मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै
भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ ।
शुक्रबारपछि परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै
बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ ।
सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट
दीर्घकालीन फाइदा नहुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा के गर्ने के नगर्ने भन्ने
बेचैनी हुन सक्छ । काम गर्न जाँगर चल्नेछ ।
प्रेमको बन्धनमा बाँधिने बेला छ ।
आम्दानीमा कमी हुने छैन । शुभ समाचार
प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई भरपूर सदुपयोग
गर्नुहोस् । मङ्गलबारपछि पढाइमा प्रगति हुनेछ । मिष्ठान्न
भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै
वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ ।
रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट
हुनसक्छ । शुक्रबारपछि मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक
विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक
जिम्मेबारी थपिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा बन्दव्यापार र व्यवसायमा समय प्रदान
गर्नसकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने
समय छ । छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ ।
प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।
मङ्गलबारपछि मन उत्ताउलो बन्नेछ, संयम हुनु राम्रो हुन्छ ।
दानपुण्यका लागि असल छ । कडा परिश्रमको प्रतिफल
ढिलो गरी प्राप्त हुनेछ । मन चिन्तनमनन र अध्यात्म
वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । शुक्रबारपछि आर्थिक क्षेत्र
सबल रहने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ ।
बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक
साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय
हुने अवसर जुट्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ
। मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने
छ । मङ्गलबारपछि श्रममूलक काम र
कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन,
धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आगमन
हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ ।
झर्कोलाग्दो यात्राको योग छ । शुक्रबारपछि नयाँ योजना कार्यान्वयन गर्ने
र दीर्घकालीन योजना बनाउने समय हो ।
वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल छ
। कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ ।
लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र
पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त
हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट
प्रशंसा प्राप्त हुनेछ । मङ्गलबारपछि इष्टमित्रले प्रशंसा गर्नेछन् ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक
क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित
मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक
गतिविधिमा संलग्न हुनेपर्ने छ । शुक्रबारपछि कृषिक्षेत्रबाट
बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक
लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध
हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले मन व्याकुल
हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् ।
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग
छ । पारिवारिक जीवन सामान्य रहने छ ।
इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च
गर्न मन हौसिन्छ । मङ्गलबारपछि व्यवसायिक क्षेत्रमा खासै
फेरबदल हुने योग छैन ।
आम्दानीमा कमी आउने छैन ।
प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण
गरी परिश्रम गर्ने समय हो ।
विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ ।
शुक्रबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र
व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ
हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा पाचन
प्रणालीमा आएको खराबीले तपाईंलाई निराश
तुल्याउन सक्छ । मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक
समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र
प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । मङ्गलबारपछि धार्मिक
तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम
बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त
वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् ।
नयाँ ज्ञान प्राप्त हुनेछ ।
शुक्रबारपछि आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले
समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले
अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा आर्थिक समस्या निराकरण गर्ने उपाय
पत्ता लाग्नेछ । समय चुनौती र
परीक्षणका रूपमा देखा परेको छ । बन्दव्यापार र
साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । हडबड र
शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु
राम्रो हुन्छ । मङ्गलबारपछि ढिलो गरी कार्यसम्पादन
हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन
सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ ।
लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस
राख्नोस् । शुक्रबारपछि परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक
काममा संलग्न भइने छ । दाजुभाइ र
दिदीबहिनीले दिएको सुझावलाई
पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा पाचनप्रणाली र नसासम्बद्ध रोगले
दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ ।
व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ ।
बेलुकीपख मन आनन्दका लागि आकर्षित बन्नेछ र
विलासिताका भावनाहरू जागृत हुनेछन् । मङ्गलबारपछि प्रशासनिक र
राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू
पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ ।
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ
। शुक्रबारपछि खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट
स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता,
संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।
मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा घरपरिवारमा खुसीको वातावरण
सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने
क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।
पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ
हुने छ । मङ्गलबारपछि सहयोगी हातहरू पछि हट्न
सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले
छवि बिगार्ने प्रयास गर्नेछन् ।
जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ
। सवारी साधनबाटसमेत हानि पुग्नसक्छ ।
शुक्रबारपछि कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले
राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र
रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र
रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा घरायसी समस्याका कारण को बास
घरबाहिर हुने सम्भावना समेत छ । घरायसी कामधन्दा र
समस्याहरूमा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र
परोपकारका मार्गमा अवरोध हुनेछ । मङ्गलबारपछि समय
उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन
अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र
इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै
सरसहयोग प्राप्त हुनेछ । शुक्रबारपछि स्वास्थ्यमा अचानक
गडबडी आउने देखिन्छ । त्यसबाट फाइदा हुने
सम्भावना छैन । सहयोगी हातहरू पछि हट्न सक्छन्
। अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले
सङ्कट उत्पन्न हुनसक्छ ।




0 comments: