मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अत्यन्त क्रियाशील र व्यस्त रहने र
कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र
नोकरीका माध्यमबाट लाभ
मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ
व्यक्तित्वको सहानुभूति र आशीर्वाद
मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले
फलदायी यात्राको सम्भावना देखिन्छ । आय
आर्जनका मार्गमा बढोत्तरी हुनेछ ।
विलासिताका सामग्री र अन्य
वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर
घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ ।
वरिष्ठ व्यक्तित्व
वा सत्तावान्
व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ ।
पारिवारिक वातावरण संतोषप्रद रहनेछ ।
वाहनादि र
विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ
कृत्यको आयोजना हुनसक्छ । तर
शनिको अढैयाको प्रभावले
परिवारभित्र विविध समस्याको सम्भावना भने
छ । तर यो महिनाको २, ३, १०, ११, १२, १९, २०, २१, २९
गते तपाईंका लागि शुभ दिन हुने छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यो महिना मिश्रित परिणाम प्राप्त हुने योग छ
। लामो यात्रा सफल हुनेछैन । उच्च
पदमा प्रतिष्ठित व्यक्तिहरूसित
भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त
हुने सम्भावना देखिन्छ । मातापिता र
अभिभावकवर्गको स्वास्थ्यस्थिति
चिन्ताको विषय बन्नसक्छ । धार्मिक र
सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ
। विश्वासको वातावरण बन्नाले
व्यावसायिक एवं
रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ ।
दसौं मंगलको प्रभावले लेनदेनको कारोबार,
सार्वजनिक
क्षेत्र वा सरकारी कामका माध्यमबाट
फाइदा हुनेछ । बुध र शुक्र ग्रह पनि अनुकूल
भएकाले ख्याति, प्रतिष्ठा र
सम्मानमा बढोत्तरी हुनेछ । पारिवारिक
जीवनका लागि अनुकूल हुनेछ । थोरै मात्र
प्रयास गरेर आम्दानीका मार्ग
बढाउन सकिन्छ । सामान्यतया यो महिनाको ४, ५,
६, १३, १४, २२, २३, २४ गते अलि सतर्क भएर बस्ने दिन
हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग
राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण
झगडा र विवाद हुनेछ ।
लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ
त्यसैले खानपान, आहारविहार र
स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ ।
शङ्कास्पद कारोबार र क्रियाकलाप
सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र
अनैतिक मानिने कामभन्दा टाढा रहनु
नै कल्याणकारी हुनेछ ।
नवौं घरमा रहेको मङ्गलको प्रभावले
घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन
मिल्नेछ । सूर्य, बुध र शुक्र आठौं रहेकाले
कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले
धेरै मिहिनेत गर्नुपर्छ । गुप्त
र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्ष
ामा अङ्कुश लाउनु भएन भने अति लज्जास्पद
स्थितिको सामना गर्नुपर्ने स्थिति आउने छ ।
यो महिनाको ६, ७, ८, १५, १६, २४, २५, २६ गते
तपाईंका लागि अझ
बढी निराशा लिएर उपस्थित हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारभित्रका वादविवाद, झैझगडा र
समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ ।
आठौं घरमा रहेको मङ्गलका कारण आर्थिक
पक्षमा हानिको सम्भावना देखिन्छ ।
जोखिमपूर्ण काम गर्नु उचित हुँदैन,
जुवातास, लटरी र सट्टापट्टामा धन नाश
हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण
कठिनाइ हुनसक्छ । उता बुध
शुभ भएकाले प्रसिद्धि र
सम्मानमा बृद्धि हुनेछ ।
विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने
छ । शुक्रले
एउटा आनन्दप्रद यात्रा हुने गराउने
सम्भावना समेत छ । विपरीत लिङ्गीले
पनि सहयोग गर्नेछन् । गीतसङ्गीत एवं
अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं
सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ ।
मिलनसार स्वभावको विकास
हुनेछ र प्रतिष्ठित
व्यक्तित्वको सम्पर्कमा भइने छ ।
सामान्यतया यो महिनाभित्रका १, ८, ९, १०, १७,
१८, १९,
२७, २८ गतेहरू
तपाईंका लागि त्यत्ति राम्रा दिन हुने छैनन्
।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू
आफैं चुप लाग्नेछन् । नोकरी र
व्यायसायिक जीवनमा सुधार आउने छ ।
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ ।
आफ्नो सर्कलमा सम्मान र साख
मिल्नेछ । सातौं मङ्गल, छैठौं बुध एवं शुक्र र
शनिको अढैयाको प्रभावले दैनिक कामकाज र
व्यवहारमा अनेकानेक
कठिनाइको सामना गर्नुपर्छ । शत्रुले
छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र
साझेदारहरूसँग विवाद हुने
सम्भावना छ । पारिवारिक जीवन सुखद हुनेछैन ।
स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ ।
खर्च
नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य
सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र
प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने
प्रयास गर्नेछन् । यो महिनाको २, ३, १०, ११, १२,
१९, २०, २१, २९ गते तपाईंले अझ बढी सचेत भएर
बस्नु पर्ने
दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला,
साहित्य, सङ्गीत
आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ ।
सामाजिक
क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ ।
पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ
। मनमा ठूलो उत्साह र
उमङ्गको सिर्जना हुनेछ । आकस्मिक
यात्राको अवसर आउन सक्छ ।
धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पेसा र
व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन
तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । कल्पना र
भावुकतामा मन
रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र
योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ ।
यो समय प्रणय र
रोमान्सका लागि पनि राम्रै छ । समग्रमा समय
राम्रै भए
पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु
बेस हुनेछ ।
यद्यपि यो महिनाको ४, ५, ६, १३, १४, २२, २३, २४ गते
तपाईंका लागि शुभ दिन रहने छैनन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । मन
कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।
मातापिता र
अभिभावक वर्गको स्वास्थ्यस्थिति
चिन्ताको विषय बन्नेछ ।
पाँचौं घरमा रहेको मङ्गलको प्रभावले
बुद्धि र विवेकले
काम नगर्न सक्छ । व्यक्तिगत
स्वास्थ्यमा समस्या आउन सक्छ । मित्र र
सहयोगीहरूबाट निराशा हुनेछ । तर
चौथो घरमा रहेको बुधको प्रभावले
लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज
विकास हुनेछ ।
विलासिताका सामग्रीमा खर्च बढ्ने छ ।
त्यस्तै चौथो शुक्रले
पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र
आम्दानीका मार्गहरू
पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद हुनेछ ।
व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । तर अन्त्य
साढेसातीको प्रभावले आर्थिक
कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।
यो महिनाको ६, ७, ८, १५, १६, २४, २५, २६ गते
तपाईंका लागि खराब दिनका रूपमा आउने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित
इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन्
। महिनाको अधिकतम
समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै
ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध
हुनेछन् । आकस्मिक
रूपमा धनप्राप्तिको सम्भावना समेत छ । मध्य
साढेसाती र
मङ्गलको चौथो घरमा रहेको उपस्थितिका कारण
मानसिक
उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ ।
घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख,
स्त्रीसुख एवं
मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ ।
आर्थिक रूपले समेत राम्रो समय देखिंदैन ।
खर्चको मात्रा पनि बढ्ने छ ।
उता बुध र शुक्र ग्रहको शुभफल प्राप्त हुनाले
मिहिनेतको राम्रो नतिजा हात पर्ने छ ।
दाजुभाइ र दिदीबहिनीहरूबाट
सहायता मिल्नेछ । यो महिनाका १, ८, ९, १०, १७,
१८, १९, २७, २८ गतेका दिनहरू
तपाईंका लागि अनिष्टताका साथमा उपस्थित
हुने दिन हुन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक झैझमेला र समस्या बढ्नाले मन
विचलित हुनसक्छ र पारिवारिक
जीवनमा निराशापना देखिने सम्भावना छ,
तर घरायसी समस्या र परिवारजनका भावनालाई
समेटेर अघि बढ्नु राम्रो हुनेछ । तर मङ्गल
तेस्रो घरमा रहेकाले
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ ।
यात्राबाट लाभ मिल्नेछ । त्यस्तै दोस्रो बुध
र शुक्रको प्रभावले
आर्थिक रूपमा यो उत्तम समय छ । व्यावसायिक
कारोबारबाट लाभ मिल्नेछ । सामाजिक
प्रसिद्धि प्राप्त हुनेछ ।
परिवारका सदस्यहरू सकारात्मक हुनेछन् ।
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ ।
समग्रमा लाभदायी महिना नै भए
पनि राशिस्वामी बृहस्पति आठौं घरमा रहेको हुँदा असुरक्षाको भावना विद्यमान
रहने छ । मानसिक चिन्ताका कारण
कष्ट हुनेछ । यो महिनाका अन्य
दिनको तुलनामा २, ३, १०, ११, १२, १९, २०, २१, २९
गतेका दिन अझ बढी तनाव
सिर्जना हुने दिन भएर आउने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै
महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ ।
छोटो दूरीको यात्रा हुने
सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण
फलदायक सिद्ध हुनेछ । सामाजिक
सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग
गर्नु पर्नेछ । दोस्रो मङ्गलको प्रभावले
घरपरिवारकै
सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं
ससाना कुरामा झैझगडा मानसिक तनाव
बढ्नसक्छ । मुखलाई
नियन्त्रणमा राख्नु बेस हुनेछ ।
व्यापारमा घाटा हुने वा धनमाल हराउने÷
चोरी हुने सम्भावना भने देखा पर्नसक्छ ।
राज्यस्थानमा रहेको राशिको मालिक र
लग्नमा रहेको सूर्य, बुध र शुक्रको प्रभावले
समग्रमा सुखभोग गर्न पाइने छ ।
प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले
राम्रो परिणाम प्राप्त हुनेछ । तर
यो महिनाको ४, ५, ६, १३, १४, २२,
२३, २४ गते सामान्यतया निराशाजनक दिन
हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु
बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय
हानि हुनसक्छ, त्यसैले
कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार
गर्नु आवश्यक छ ।
राशिमा रहेको मङ्गलको उपस्थितिले
इच्छाविपरीत
परिणाम आउनसक्छ, त्यसैले
फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित
हुनेछ । सानातिना रोगव्याधिको भय र
हलुका दुर्घटना हुने सम्भावना छ ।
जोखिमपूर्ण र जुवाजन्य
काममा दिलचस्पी नदिनु नै बेस हुनेछ ।
पारिवारिक
झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । सूर्य,
बुध र शुक्र बाह्रौं घरमा रहेकाले जोखिम
मोलेर काम गर्ने
प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ र
सबै किसिमका जुवातास, लटरी र
सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ ।
यद्यपि यो महिनाको ६, ७, ८, १५, १६, २४, २५, २६
गतेका दिन तपाईंले अझ धेरै अशुभ
स्थितिको सामना गर्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल
हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ ।
दाम्पत्य जीवन,
घरायसी सुख, प्रेमसम्बन्ध र
प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो ।
आय आर्जनका मार्गमा सुधार आउने छ
। लामो यात्रा सुखद र सफल हुनेछ । सूर्य, बुध र
शुक्र राज्य स्थानमा तर
बुद्धि क्षेत्रमा रहेको राशिस्वामीको प्रभावले
समग्रमा आत्मविश्वासमा बृद्धि हुनाले
लगातार सफलता प्राप्त हुने
देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर
परिवारमा माङ्गलिक
कार्यको आयोजना हुनसक्छ । तर
बाह्रौं मङ्गलको प्रभावले स्वाभिमान र
घमण्डका कारण केही समस्याहरू
सिर्जना हुनसक्छन् । महिना मानसिक उल्झन
र समस्यामा केन्द्रित भइने छ । तर
यो महिनामा पर्ने १, ८, ९, १०, १७, १८, १९, २७, २८
गते तपाईंले सचेत भएर
काम गर्नु पर्ने दिनहरू हुन् ।




0 comments: