दियु पौडेल: विराटनगर स्थित कोसी अञ्चल अस्पताल
परिषरमा एम्बुलेन्सले किच्दा आइतबार साँझ एक जनाको मृत्यु
भएको छ।
एम्बुलेन्सले किचेर गम्भिर घाइते भएका मोरङको लेटाङ-
भोगटेनी २ का ४० वर्षीय इन्द्र
रसाईलीको उपचारका क्रममा न्यूरो अस्पताल
विराटनगरमा मृत्यु भएको मोरङ
प्रहरीका प्रवक्ता डीएसपी प्
ढकालले बताए।
(i)
कोसी अस्पतालमा विरामी लिएर
आएको मोरङका रंगेली बचत तथा ऋण
सहकारी संस्थाको को १ च ७३७९ नम्बरको एम्बुलेन्स
रंगेली तर्फ फर्कन लाग्दा घटना भएको ढकालले जनाए।
'व्याक गर्ने क्रममा रंगेली फर्कन खोज्दा चउरमा घाम
तापेर सुतिरहेका रसाईलीलाई एम्बुलेन्सले किचेको हो,'
डीएसपी ढकालले भने, 'मानिस किचेर
एम्बुलेन्स त्यहाँबाट फरार बन्यो।'
व्याक गर्ने
क्रममा रसाईलीको भुँडीमा एम्बुलेन्सको चक्
जनाएको छ। तत्काल उपचारका लागि कोसी अस्पतालमै
भर्ना गरिएका उनलाई उपचार सम्भव नभएपछि न्यूरो लगिएको थियो।
विराटनगरमा मानिस किचेपछि एम्बुलेन्स लिएर फरार बनेका चालक
रंगेली ५ का ३८ वर्षीय दुलाल साहलाई
पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
रंगेलीका प्रहरी निरीक्षक
नरेन्द्र कुँवरले बताए। साहलाई थप
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय
रंगेलीमै राखिएको प्रनि कुँवरले जनाए।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, January 25, 2015
अस्पतालभित्रै एम्बुलेन्सले किचेर ज्यान गयो
Labels:
news




0 comments: