पिसाब पोल्ने समस्या
प्राय सबै जसो मानिसहरु जीवनको कुनै न कुनै समय
पिसाब पोल्ने समस्याबाट पिडित हुन सक्छन् तर
सामान्य अवस्थामा पनि पिसाब पोल्नुलाई
हल्का रुपबाट लिनु हुँदैन । जब जिवाणुहरुले मूत्र
नली हुँदै पिसाब थैलिमा आक्रमाण गर्न थाल्छन् तब
पिसाब पोल्ने समस्या हुन थाल्दछ । जिवाणुहरु
ठूलो आन्द्रा हुँदै पेटमा प्रवेश गर्दछन् र यीनै जिवाणुहरु
पिसाब नली हुँदै पिसाब थैलि हुँदै
किड्नीमा आक्रमण गर्दछ । पिसाब सम्बन्धि रोग
पुरुषमा भन्दा महिलामा ज्यादा हुन्छ किनभने
पुरुषको तुलनामा महिलाको मूत्र नली छोटो हुन्छ
जसको कारण छिट्टै पिसाब थैलिमा संक्रमण हुन
पुग्दछ । यस्तो समयमा यौन सम्पर्क गर्नाले जिवाणुहरु
झन छिटो फैलिन पुग्दछन् । एकदम कम पानी पिउने तर
अमिलो पिरो बढी खाने व्यक्तिलाई पनि पिसाब
पोल्ने समस्या हुन सक्छ । साथै
मधुमेहको रोगी तथा गर्भवति महिलालाई
पनि पिसाब पोल्ने समस्या हुन सक्छ । त्यस्तै गरेर
पिसाब थैलिमा अन्य संक्रमण छ भने पनि पिसाब
पोल्ने समस्या हुन सक्छ । जस्तै किड्नीमा स्टोन हुनु
तथा प्रोस्टेट ग्रन्थि बढ्नु । कुनै कुनै महिलाहरुलाई
यो समस्या बारम्बार हुन सक्छ । लक्षणहरु : १)
पिसाब गर्दा पोल्छ र दुख्छ । २) बारम्बार पिसाब
गर्न मन लाग्छ तर पिसाब एकदम कम हुन्छ । ३) पेट
भारी र दुखे जस्तो हुन्छ । ४) पिसाब धमिलो र गन्ध
आउँछ । ५) किड्नी भएको ठाउँमा अथवा एक
ठाउँमा दुख्छ । ६) ज्वरो आउँछ र जाडो हुन्छ । ७)
वाकवाक लाग्ने तथा वान्ता हुन्छ । उपचार : उपचार
गर्नु अघि पिसाब जचाउनु अति आवश्यक हुन्छ ।
जसबाट पिसाब थैलि वा किड्नीमा असर परेको छ
वा छैन थाहा हुन्छ । सामान्य अवस्थामा प्रशस्त
पानी पिएर नै यसलाई कम गर्न सकिन्छ भने
यदि ज्वरो छ, वान्त हुन्छ, वाकवाक लाग्छ
वा कम्मरको दुवै तिर अत्यधिक दुखाई छ भने तुरुन्त
डाक्टरको परामर्श लिनु पर्छ । त्यस्तै
गरी मधुमेहको बिरामी, किड्नीको बिरामी,
नशा सम्बधि रोगी, रोगसँग लड्ने क्षमता कम
भएको व्यक्ति, ६०
वर्षभन्दा बढी भएको व्यक्ति तथा गर्भवति महिलामा पिसाब
पोल्ने समस्या छ भने पनि तुरुन्तै डाक्टरको सल्लाह
लिनुपर्छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, January 25, 2015
के सामान्य अवस्थामा पनि पिसाब पोल्नुलाई हल्का रुपबाट लिनु भएको छ?बेलैमा होस् पुर्याउनुहोस् यसरी
Labels:
helth




0 comments: