Sunday, January 18, 2015

साप्ताहिक राशिफल , वि.सं. २०७१ माघ १८ गतेदेखि वि.सं. २०७१ माघ २४ गतेसम्म =>>


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सुरुमा घरखर्च बढ्नेछ।
सानो कामका लागि लामो यात्रा गर्नुपर्ला। तापनि,
लगानीको उचित प्रतिफल मिल्नेछ। विशेष भेटघाटले
खुसियाली छाउनेछ। शरीरमा आरोग्य एवं
स्फूर्ति बढ्नेछ।
विशिष्ट व्यक्तित्वसँग भेटघाट होला। मनपर्ने खानपान, वस्त्र,
अलंकार आदिबाट आनन्द मिल्ने देखिन्छ। बिहीबार र
शुक्रबार
भने बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला, सचेत
रहनुहोस्। सप्ताहान्तमा सहयोगीको मद्दतले प्रशस्त
धन
आर्जन गर्ने योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सुरुमा काम बन्नुका साथै प्रशस्तै
आम्दानी हात पर्नेछ। व्यावसायबाट
राम्रो लाभ होला। मंगलबारदेखि खर्च
बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने समय छ।
स्थान
परिवर्तन वा टाढाको यात्रा सम्भावित छ। आँटेका काम
समयमा पूरा गर्न नसकिएला। भेटघाटमा पनि अलमलिनुपर्ला।
विभिन्न अवसरले पछ्याए पनि विस्वस्त हुन नसकिएला।
सप्ताहान्तमा स्थितिमा सुधार होला। बोलीको प्रभाव बढ्ने,
मान
बढ्ने र आर्थिक समुन्नतिको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सुरुमा बन्नै
लागेका काममा पनि केही बाधा होला।
लाभको आशा देखाउनेहरूले
बीचमा धोका देलान्, सचेत रहनुहोस्। तापनि, प्रयत्न
गर्दा सोचेको काम बन्नेछ तर
केही घुमाउरो बाटो रोज्नुपर्ला।
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला।
सामान्य
काम र उद्देश्यविहीन भ्रमणमा बढी समय
बित्न सक्छ।
साताको उत्तरार्धमा स्थितिमा परिवर्तन आउला। आस
मारेका काम सम्पादन हुनेछन् र थप उत्साह जाग्नेछ।
लगानीको राम्रो प्रतिफल उठाउन सकिएला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सुरुमा अस्वस्थता र केही तनावबीच
काममा जुट्नुपर्ला। स्थिति चुनौतीपूर्ण
देखिए पनि सोमबारदेखि दाम, इनाम र
प्रतिष्ठा कमाउने मौका छ। नयाँ काम र जिम्मेवारी मिल्नेछ।
राजनीति र नोकरीमा उन्नति हुनेछ।
व्यवसायबाट रामै्र लाभ
मिल्नेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ।
बिहीबारपछि भने काममा विलम्ब र खर्च बढ्ने योग छ।
अरूको स्वार्थका लागि सञ्चित धन खर्चनुपर्ला। तत्काललाई
नोक्सानी देखिए पनि दीर्घकालीन
काममा लगानी गरिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सुरुमा योजनाअनुसार समयमा काम
सम्पादन गर्न नसकिएला।
केही समस्या पनि थपिएलान्। चोटपटक
लाग्ने वा अस्वस्थताको योग छ। मंगलबारदेखि स्थितिमा सुधार
आउला। सहयोगीहरू जुट्नाले कामको बोझ
पनि हलुका हुनेछ।
धार्मिक गतिविधिमा संलग्नता बढ्नेछ। मान–सम्मान
बढ्नुका साथै प्रतिष्ठित कामको जिम्मेवारी पाइएला।
प्रशंसकहरूले तपाईंको चर्चा गर्नेछन्। प्रतिनिधिमूलक
यात्रा गर्ने मौका आउला। आम्दानी बढ्नेछ।
कर्मसिद्धिको समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे,पो) Virgo :
सुरुमा रमाइलो यात्रा सम्भावित छ। समय
मनोरञ्जनपूर्ण रहला। प्रेमको बन्धन
पनि कसिने बेला छ। मनोरञ्जनपूर्ण
क्रियाकलापमा सहभागी भइएला। मंगलबार र बुधबार
अलि प्रतिकूल रहलान्। शारीरिक अस्वस्थता र
सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउलान्।
तापनि व्यवसायमा फाइदा भइरहनेछ। धर्मकर्म, समाजसेवा,
परोपकारजस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछन्।
बिहीबारदेखि आम्दानी पनि प्रशस्तै बढ्नेछ।
नयाँ काम
वा नोकरी पाइने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
सुरुमा द्वन्द्व, विवाद
जस्ता समस्यामा परिएला। बन्नै
लागेको काम अवरुद्ध बन्न सक्छ।
सोमबारपछि स्थितिमा अनुकूल बन्नेछ। गरेका कामबाट प्रशस्त
धन लाभ पनि हुनेछ। प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा र
मनोरञ्जनमा सहभागी भइएला। व्यावसायिक यात्रा होला।
आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। बिहीबार र शुक्रबार
भने
झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस्।
सप्ताहान्तमा स्थितिमा सुधार आई रोकिएका काम बन्न
थाल्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
साताको सुरुमा अस्वास्थता र
पढाइलेखाइमा केही बाधा हुने देखिन्छ।
व्यापार–व्यवसायमा कममात्र
फाइदा होला। सोमबारपछि स्थितिमा सुधार आउला।
अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ।
प्रतिस्पर्धामा विजयी भइएला। शत्रु र रोगबाट
छुटकारा पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
रमाइला ठाउँको भ्रमण गर्ने योग छ। आतिथ्यपूर्ण सम्मान
पाइएला। साताको अन्त्यमा भने अस्वस्थता र अलमलको योग
छ। आयआर्जनमा कमी आउला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ।
अस्वस्थता र कमजोरी अनुभव हुनेछ।
तापनि महत्वाकांक्षी योजना फलीभूत
हुनेछ। पढाइलेखइमा भने त्यत्ति ध्यान दिन नसकिएला।
व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ।
बिहीबारपछि शत्रुपक्षको चलखेल बढ्न सक्छ। विवाद,
द्वन्द्व
र मुद्दामामिलामा सजग रहनुपर्ला। व्यावसायिक
काममा केही बाधा हुन सक्छ। तापनि,
रमाइलो यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
आतिथ्यपूर्ण सम्मान पनि पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
सुरुमा प्रशस्त धन आर्जन गर्ने मौका छ। तर,
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। सञ्चित रकम
खर्चनुपर्ला। आफन्तबीच
असमझदारी बढ्ला। सजिलो गरी काम
सम्पादन नहुन सक्छ। निर्णय गलत ठाउ“मा पर्नाले
फाइदा अरूलाई हुनेछ। तापनि निराश नहुनुहोस्, बुधबार
साँझदेखि रोकिएका काम बन्नेछन्। पढाइलेखाइमा राम्रै
उन्नति हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ।
व्यवसायबाट प्रशस्त लाभ होला। प्रतिस्पर्धीहरूलाई
पछि पार्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
प्रतिष्ठित काम गर्ने समय छ।
सुरुमा केही विवादमा परिए पनि बोलीकै
प्रभावले महत्वपूर्ण काम सम्पादन हुनेछ।
वैचारिक क्षमता बढ्नेछ। तपाईंको अभिव्यक्तिबाट धेरैलाई
प्रभाव पर्नेछ। आत्मबल बढ्नेछ। व्यवसायबाट प्रशस्त
फाइदा होला। मंगलबारपछि सहयोगीहरूले साथ दिनेछन् र
काममा थप हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूले हार
खालान्। तर,
अरूको भरपर्दा लाभांशमा कमी हुनेछ। तापनि,
पढाइलेखाइमा प्रगति होला। सुखद समाचार सुन्न पाइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
कामबाट विश्राम लिने मौका छ।
प्रियजनसँग भेटघाट र प्रसन्नताको समय
छ। विभिन्न उपहारसमेत पाइएला। पार्टी,
पिकनिक वा खानपान समारोहमा सहभागी भइएला।
स्वास्थ्य र
पढाइलेखाइमा भने अलि बाधा हुन सक्छ। तपाईंको विचारलाई
धेरैले मन पराउनेछन्। बोलीकै भरमा काम सम्पादन गर्ने
समय
छ। आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ
पाइनेछ।
कर्मयोगमा अभिवृद्धि हुनेछ। सप्ताहान्तमा भने काममा बाधा र
धोकामा परिने योग छ, सचेत रहनुहोला।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top