काठमाडौँ । अहिलेसम्म बास्तबिक उपचार
पत्ता लागी नसकेको मधुमेह रोगलाई जति सामान्य
रुपमा हेरिन्छ यो रोग त्यतिनै जटिल पनि छ ।
रगतमा चिनीको मात्रा बढि भएपछि हुने
चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ ।
मधुमेह लाई नेपाली चीनी रोग
चिनी रोगु भन्छन् ।
मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४०
सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८०
मि ग्रा र डि लभन्दा बढी भएमा मृगौलाले
चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन
सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर
विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह
भएको मानिन्छ ।
मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन
हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन
हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोमबाट निस्कने
हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द
भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा मधुमेह हुने
गर्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं
दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।
अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने,
प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग
भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं
अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट
मधुमेह हुने गर्छ । मधुमेह रोग
लागेका बिरामी यदि दुब्लो शरीर भएको,
तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।
मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका,
शरीरको वजन बढी भएका (मोटा) एवं
अल्छी व्यक्ति हुन्छन् ।
मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने,
भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने
हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब
लाग्ने गर्छ ।
शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब
जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ
जम्मा हुने, शरीरमा अम्लीयपन
ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् । सबै
बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन ।
कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ ।
ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ ।
मधुमेहका रोगीहरुले जे
पायो त्यहीँ खानेकुरा खान हुँदैन । खानपानमा ख्याल
नदिने हो भने यसले झनै ठूलो असर पार्छ ।
यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत
गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ,
अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ । १ मेवा २ जैतुनको तेल
३ सिमी ४ दही ५ माछा ६ सुन्तला ७
हरियो सागपात ८ गोलभेँडा ९ फर्सी १०
स्ट्रबेरी, काफल ११ गहुँ १२ तिते करेला १३ एक छाक
सुख्खा रोटी १४ एक छाक उसिनेको चामलको भात, १४
चिनी नहालेको चिया, आदि त्यस्तै
मधुमेहका रोगीले यि कुराहरु खानु हुँदैन
गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु,
पिडालु खानुहुदैंन । एज्ेन्सीको सहयोगमा




0 comments: