२०७१ माघ
आफ्नो प्रेम तथा रोमान्सलाई रोमान्चक र
जल्दोबल्दो बनाउनका लागि सहवासका बेला विभिन्न
प्रयोग गर्नुहुन्छ होला । तर यस्ता प्रयोगहरु
गर्दा पर्याप्त सावधानी अपनाइएन र केही सामान्य
लापरवाही भयो भने समेत त्यसबाट ठूलो मूल्य
चुकाउनुपर्ने हुन्छ । परम्परागत सम्भोगको आसन
भनेको पुरुष माथि र महिला तल हुने आसन हो । तर
सहवासमा बढि आनन्द प्राप्तिका लागि भन्दै
महिला माथि तथा पुरुष तल हुने आसनको प्रयोग समेत
गरिन्छ । वुमन अन टप अर्थात् काउगर्ल पोजिसन
भनिने यस्तो आसन
सम्भोगमा महिलाका लागि आनन्ददायी त
होला तर पुरुषका लागि भने सबैभन्दा खतरनाक हुने
अध्ययनले देखाएको छ । महिला माथि हुने
आसनमा सम्भोग गर्दा पुरुषको लिंगमुण्ड भंग हुने
अर्थात् लिंगको टाउकोमा चोट लाग्ने खतरा उच्च
हुन्छ । शोधकर्ताहरुले लिंगमुण्ड भाँचिने वा चोट
लाग्ने घटनाका विभिन्न
कारणहरुका बारेमा गरेको अध्ययनका क्रममा लिंगको टाउकोमा चोट
लाग्ने वा भाँचिएका घटनामध्ये ५० प्रतिशत काउ
गर्ल आसनमा सम्भोग गर्दाको बखत
भएको पाइएको छ । महिला माथि हुने सम्भोग आसन
लिंगका लागि खतरनाक भएको र त्यस
क्रममा लिंगमा चोट लाग्ने जोखिम ५० प्रतिशत हुने
भन्दै शोधकर्ताहरुले
यस्तो आसनको सहवासमा होसियार हुन सल्लाह
दिएका छन् । काउगर्ल आसनपछि लिंगमा चोट लाग्ने
अर्को खतरनाक आसन भनेको डगी स्टाइल अर्थात्
कुकुर आसन हो । यो शैली अबलम्बन गरेर सम्भोग
गर्दा लिंगमा चोटको खतरा जम्मा २९ प्रतिशत
पाइएको छ । पुरुष माथि हुने सम्भोग आसन
सबैभन्दा सुरक्षित देखिएको छ । लिंगमुण्डमा चोट
लागेका मध्ये केवल २१ प्रतिशत
पुरुषमा यस्तो आसनको सम्भोगबा बेला दुर्घटना भएकेा पाइएको छ
। लिंग उत्तेजित भएको र
तानिएको अवस्थामा सहवासका बेला महिलाको पूरै
भार पुरुषको सरीर र अझ लिंगमाथि हुँदा त्यसले
लिंगमा ठूलो दबाब सिर्जना गर्ने र चोट पूराउने
जोखिम उच्च हुन्छ ।
महिला चरमउत्कर्षमा पुगेको बेला बढ्ने दबाबले
पुरुषको लिंगमा अझै ठूलो क्षति पूराउने जोखिम रहने
शोधकर्ताहरुको भनाइ छ । तर पुरुष माथि हुने सम्भोग
आसनमा पुरुषले आफ्नो गुप्तांगमा कुनैपनि दबाब
महसुस हुने बित्तिकै तत्कालै लिंग बाहिर निकाल्न
सम्भव हुने भएकाले दुर्घटनाको जोखिम कम हुन्छ ।
ब्राजिलको क्याम्पिनसस्थित विभिन्न ३
वटा अस्पतालमा पछिल्लो १३
वर्षमा गरिएका लिंगमुण्ड भंग
सम्बन्धि समस्याको शल्यक्रियाका दौरान
शोधकर्ताहरुले तथ्य संकलन गरेका हुन् । त्यसक्रममा ४२
वटा यस्ता दुर्घटना पीडित पुरुषहरुको उपचार
गराइएको थियो । त्यसक्रममा आधाजसोले लिंग
दुख्नु अगाडि सहवासका बेला भाँच्चिएको आवाज
सुनेको बताए । कतिपयले भने लिंग सुन्निन
थालेपछि मात्र आफुलाई दुख्न सुरु भएको बताए ।
टेलिग्राफ अनलाइनका अनुसार लिंग भाँच्चिएर
उपचारमा आएका ४२ जनामध्ये २८ जनाले
महिलासँगको सम्भोका बेला दुर्घटना भएको बताए
भने अन्य ४ जनाले समलिंगी यौन
सम्पर्कका बेला त्यस्तो भएको बताए । ६ जनाले भने
आफु एक्लैले लिंगमाथि खेलवाड
गर्दा दुर्घटना भएको बताए । अन्य
चारजनाको दुर्घटनाको कारण भने
पत्ता नलागेको शोधकर्ताहरुको भनाइ छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: