Tuesday, January 13, 2015

३० दिनको ब्याट्रि ब्याकअप सहितको माइक्रोम्याक्सको क्यानभास स्मार्टफोन

नयाँ दिल्ली, पुस २९ – भारतीय मोबाइल
निर्माता कम्पनी माइक्रोम्याक्सले ३०
दिनको ब्याट्रि व्याकअपसहितको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।
माइक्रोम्याक्स क्यानभास ह्यु नाम दिइएको स्र्माटफोनमा ३०००
एमएएच पावरको ब्याट्रि रहेको र यसले ३० दिनसम्मको ब्याकअप
दिने कम्पनीले दाबी गरेको छ ।
यसका लागि फोनलाई पावर सेभर मोडमा चलाउनु पर्ने
कम्पनीले बताएको छ । एन्ड्रोइड ४.४.२ किटक्याट
प्रविधिसहितको फोनलाई एन्ड्रोइड ५.० मा समेत अपग्रेड गर्न
सकिने कम्पनीले जनाएको छ । नयाँ स्मार्टफोनमा पाँच
इन्चको एचडी डिस्प्ले, १.३ गिगाहर्ज क्वाडकोर
प्रोसेसर एक जीबी ¥याम तथा आठ
जीबी इन्टरनल स्टोरेज
रहेको कम्नीले जनाएको छ । स्मार्टफोनमा ३२
जीबीसम्म एक्सटर्नल
मेमोरी बढाउन सकिन्छ । नयाँ स्मार्ट फोनमा फ्ल्यास
सहितको आठ मेगापिक्सलको क्यामेरा समेत रहेको छ । यसले
फोटोग्राफिमासमेत सहयोग पु¥याउने कम्पनीले
जनाएको छ ।
थ्रिजी, वाईफाई, ब्लुटुथसहितका सुविधा रहेको मोबाइल
सुनौलो र सेतो रङमा उपलब्ध रहेको छ । नयाँ स्मार्टफोनको बजार
मूल्य करिब १७ हजार
५०० नेपाली रुपैयाँ रहेको कम्पनीले
जनाएको छ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top