यदि तपाइँ इन्टरनेट प्रयोग गर्नु हुन्छ र स्लो भएर
तनावमा हुनु हुन्छ भने यहाँ नेटलाई फाष्ट
गराउने केही उपायको चर्चा गरिएको छ ।
राउटर चेक गर्नुस
तपाइँले वाइफाइ राउटर चलाउनु हुन्छ भने
त्यसमा अनेक वत्ति बलिरहेका हुन्छन् ।
त्यसमा एउटा चाँहि इन्टरनेट
कनेक्टिभीटीको वत्ति हुन्छ ।
यो पत्ता लगाउने
सजिलो तरिका घरमा प्रयोग भैरहेका सबै
वाइफाइ डिभाइस बन्द गर्नुस् र हेर्नुस् ।
ल्यापटप, कम्प्यूटर, स्मार्टफोन, स्मार्ट
टीवी जस्ता वाइफाइ प्रयोग हुने डिवाइस
बन्द गर्दा राउटरका तीन बटा बत्ति निभ्नु
पर्छ ।
''
यसो गर्दा पनि बत्ति निभेन भने बुझ्नुस्
तपाइँको वाइफाइ कसैले चलाइरहेको छ । तर
कतिपय डिभाइसमा केवल
जोडिएको भएपनि यो वत्ति बल्न सक्छ ।
यदि तपाइँ सबै कनेक्सन
टुटाउँदा पनि वत्ति बलिरहेको देख्नु हुन्छ भने
तपाइँको वाइफाइ कसैले चलाइरहेको छ ।
यस्तो चाल पाउनु भयो भने तत्काल वासवर्ड
बदल्नुस् । यसो गर्दा तपाइँको नेटको स्पिड
बढ्छ ।
अनावश्यक प्रयोग
कतिपय
अवस्थामा तपाइँको इन्टरनेटको प्रयोग
अनावश्यकरुपमा समेत भैरहेको हुन्छ ।
कम्प्युटरमा अनेक प्रोग्राम्स हुन्छन् जसले
नचाहिने तहमा इन्टरनेटको स्पिड प्रयोग गर्छन्
। एन्टी भाइरसले सबै भन्दा बढी यस्तो गर्छ ।
भाइरस स्क्यानिङ नियमित
गर्दा पनि इन्टरनेटको स्पिड स्लो हुन्छ ।
वाइफाइ सिग्नल
कतिपय
अवस्थामा तपाइँको डिभाइसमा वाइफाइ
सिग्नल नपुगेर पनि कहिले काँहि नेट नचल्न
वा स्लो हुन सक्छ । यदि वाइफाइ सिग्नल
कमजोर देखाएको छ भने मोडेमको स्थान बदल्न
सकिन्छ । स्थान बदल्यो भने इन्टरनेटको स्पिड
बढी हुन सक्छ ।
केवल नेट
अधिकाँश घरमा वाइफाइबाट
इन्टरनेटको प्रयोग हुन्छ । तर नेटको स्पिड भने
केवल नेटमा बढी हुन्छ । यदि तपाइँको नेट
स्लो छ भने यसलाई केवलको मध्यमबाट बढाउन
सकिन्छ ।
राउटर खराव
कहिलेकाँहि राउटर पुरानो भएर वा विग्रेर
पनि इन्टरनेट स्लो हुने समस्या हुन्छ ।
यदि तपाइँले पुरानो राउटर प्रयोग गरिरहनु
भएको छ भने यसलाई समय समयमा मर्मत गर्ने
वा फेर्नु राम्रो हुन्छ ।
यसो गर्दा पनि इन्टरनेटको स्पिड बढ्न सक्छ ।




0 comments: