Sunday, January 18, 2015

राजसंस्थाकी(हत्या- काण्ड ) जीवित इतिहास रत्न के गर्दै छिन>log on www.gaubesikhabar.com

>नेपाली राजसंस्थामा कुनैबेला रत्न
मानिने
पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाहको दैनिक
अचेल दयनीय र निरस
छ ।उमेर र स्वास्थ्यका कारण
कमजोर बन्दै गएकी उनी पारिवारिक
रुपमा पनि एक्लै छिन् । तत्कालिन युवराज महेन्द्रसँग बिहे गरेर
दरबारमा भित्रिएकी रत्न
आफ्नो जमानामा शालीन
महारानीका रुपमा चिनिन्थिन् ।
राजकाजमा उनी खासै चासो र हस्तक्षेप
पनि राख्दैनथिन् । तत्कालिन
राजा महेन्द्रको निधनपछि उनको जीवनमा दुःखका दिन
सुरु भए । २०६२ ०६३
को जनआन्दोलनपछि राजसंस्था अन्त्य भएर
देशमा गणतन्त्र आएपछि त उनी पारिवारिक
रुपमा पनि एक्लै परेकी छन् । गणतन्त्र
घोषणापछि रत्नको परिवार (छोरा ज्ञानेन्द्र,
बुहारी कोमल, नाति पारस,
नातिनी बुहारी हिमानीलगायत)
नारायणहिटी छाडेर नागार्जुन दरबार गए । तर,
पनि स्वर्गीय महेन्द्रसितको भावनात्मक
सम्बन्धका कारण रत्नले नारायणहिटी छाड्न मानिन्
। रत्न बस्दै आएको नारायणहिटीभित्रको महेन्द्र
मञ्जिल तत्कालिन राजा महेन्द्रले उनकै
लागि बनाइदिएका थिए ।
गणतान्त्रिक सरकारले पनि उनको भावनाको कदर
गर्दै त्यहीं बस्ने अनुमति दियो । गणतन्त्र
कार्यान्वयनपछि परिवारले
नारायणहिटी छोड्दा रत्नले नारायणहिटीमै बस्ने
इच्छा व्यक्त गरेकी थिइन् । आफू बाँच्दासम्म महेन्द्र
मञ्जिल नछाड्ने उनको इच्छा छ । गत ४ भदौमा रत्नले
८७ औं जन्मदिन मनाइन् । पछिल्ला सात
वर्षमा उनी मुस्किलले ४ ५ पटक महेन्द्र मञ्जिलबाट
बाहिर निस्किइन् । चार वर्ष पहिले
खुट्टामा देखिएको घाउमा क्यान्सरको आशंकामा रत्न
उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल
गएकी थिइन् । त्यतिखेर उनी पूर्वराजा ज्ञानेन्द्र र
उनको परिवारसित गएकी थिइन् ।
पछिल्लोपटक असोज
पहिलो साता छोरा ज्ञानेन्द्र हृदयघात भएर
अस्पताल भर्ना हुँदा उनी भेट्न थापाथालीस्थित
नर्भिक अस्पताल पुगेकी थिइन् ।
त्यतिबेला गाडीबाट
ओर्लेपछि नातिनी बुहारी हिमानीले रत्नलाई हात
समातेर अस्पतालभित्र लगेकी थिइन् । उमेर बढ्दै
जाँदा रत्न थलिँदै पनि गएकी छन् ।
राम्रोसित हिंडडुल गर्न पनि गाह्रो हुन थालेको छ ।
हातगोडा दुख्ने र करकर खाने रोगले उनलाई
सताएको छ । गणतन्त्र
आएपछि ज्ञानेन्द्रको परिवारले
नारायणहिटी छाडेपछि रत्नसँगै उनकी सासु
सरला मानन्धर पनि नारायणहिटीमै बसेकी थिइन् ।
सरला राजा त्रिभुवनकी भित्रिया हुन् । तर, ०६६
फागुनमा रत्नको निधन भएपछि रत्न एक्लै
भएकी छिन् । सरलाको निधनपछि रत्नको दिनदिनै
भेट्ने र कुरा गर्ने साथी टुटेको सुसारेहरु बताउँछन् ।
सरला नारायणहिटीभित्र रत्न बस्ने महेन्द्र
मञ्जिलसँगैको बम्बै चोकमा बस्थिन् । महेन्द्र
मञ्जिलमा रत्नलाई सघाउने दुई पुरुष र चार
महिला सुसारेहरु छन् । ती सबै उमेरले ६० कटेका छन् ।
उनीहरुको तलब र रत्नको आवश्यक खर्च भने निर्मल
निवासले व्यवस्था गरिदिने गर्छ ।
सुसारेहरुको सेवा सुविधा अत्यन्त न्युन छ ।
स्रोतका अनुसार मासिक ४ देखि ६
हजारसम्ममा सुसारेहरु काम गर्ने गर्दछन् ।
पूर्वराजपरिवारका बाँकी सदस्यहरुलाई
सुविधा उपलब्ध गराउँदै आएको सरकार रत्नप्रति भने
उदासिन छ । सरकारबाट उनले कुनै
सुविधा पाएकी छैनन् ।
यहाँसम्मकी नारायणहिटी दरबारभित्रै
पालिएका गाईको दूधसमेत उनले खान पाउँदिनन् ।
८६ वर्षीया रत्न आफ्नो बाँकी जीवन पूरै धार्मिक
कार्यक्रम र पूजापाठमै बिताउने योजनामा छिन् ।
उनी हरेक एकादशीमा ब्रत बस्छिन् ।
केही समयअघिसम्म नारायणहिटीभित्रै
रहेको नारायणथान मन्दिर गएर पूजापाठ गर्छिन् ।
त्यस्तै हरेक मंगलबार नारायणहिटीभित्रैको गणेश
मन्दिरमा पूजापाठ गरेकी थिइन् । तर, पछिल्लो समय
हिंडडुल गर्न गाह्रो भएपछि मन्दिरमै गएर पूजापाठ
गर्न छाडेकी छन् ।
निर्मल निवास श्रोतका अनुसार
पूर्वराजा ज्ञानेन्द्र हरेक सोमबार रत्नलाई भेट्न
नारायणहिटी आउने गर्छन् ।
बेलुकी करिब चार बजे उनी महेन्द्र मञ्जिल पुग्ने
गरेको श्रोत बताउँछ । कहिलेकाहीं ज्ञानेन्द्रसँगै
पूर्वरानी कोमल पनि जाने गर्छिन् । करिब एक
घण्टा ज्ञानेन्द्र महेन्द्र मञ्जिलमा बस्ने गर्छन् र
आमा रत्नसँगै चिया लिने गर्छन् ।
रत्नका नातिनी बुहारी, नातिनी, पनाति ,
पनातिनीहरु भने प्रायः मंगलबार भेट्न आउँछन् ।
नेपालमा हुँदा पूर्वयुवराज पारस शाह
पनि हजुरआमा रत्नलाई भेट्न बेलाबेलामा आउने गर्थे ।
परिवारका सदस्य र नजिकका नातेदारबाहेक अरुलाई
भेट्न रत्नले पनि रुचाउँदिनन् ।
कुनै सार्वजनिक कार्यक्रममा जान पनि उनलाई
रुची हुँदैन । मुमाबडामहारानी कसैलाई भेट्ने
इच्छा गरिबक्सन्न । भेट्न खोज्नेहरुले पनि अब त
प्रयास गर्नै छाडे एक सुसारेले भने ।
पूर्वपरिवारका सदस्यहरु रत्नलाई भेट्न
जाँदा जयनेपाल
सिनेमा हलको अगाडिको दरबारको गेटबाट
नारायणहिटी छिर्ने गर्छन् ।
त्यो गेटभित्र सँगै नेपाली सेनाको उपत्यका पृतना छ
। राजतन्त्र समर्थकहरु पनि रत्नप्रति पूरै बेखबर छन् ।
रत्नलाई भेट्न उनीहरुले कुनै चासो देखाएका छैनन् ।
को हुन रत्न ?
स्वर्गीय राजा महेन्द्रकी कान्छी श्रीमती हुन् रत्न ।
जेठी श्रीमती इन्द्रराज्यलक्ष्मीको निधन
भएपछि महेन्द्रले रत्नसित बिहे गरेका थिए । वीरेन्द्र,
ज्ञानेन्द्र र धीरेन्द्र जन्मेपछि इन्द्रको निधन
भएको थियो ।
राणा प्रधानमन्त्री जुद्धशमरेशरका नाति हरिशमशेरकी छोरी हुन्
रत्न । महेन्द्रकी जेठी श्रीमती इन्द्र
राज्यलक्ष्मी रत्नकै दिदी हुन् । २००७
सालको इन्द्रको निधन भएको थियो ।
श्रीमतीको निधनले राजा महेन्द्र विक्षिप्त
बनेका थिए । उनी तनावमा रहन थालेका थिए ।
पछि उनको रत्नसित प्रेम बस्यो । बिहे गरेपछि भने
उनी सामान्य बन्न थाले । राजा महेन्द्रले रत्नलाई
निकै माया पनि गर्थे । अहिले रत्न बस्दै
आएको महेन्द्र मञ्जिल उनले रत्नलाई उपहार
दिएका थिए । रत्नकातर्फबाट एउटा पनि सन्तान
भएनन् । पति महेन्द्रको निधन भएपछि रत्न उदास हुन
थालेकी हुन् ।
रत्नको परिवारका सबै सदस्यसित राम्रो सम्बन्ध रहे
पनि पूर्वरानी ऐश्वर्यासित भने कहिल्यै
राम्रो सम्बन्ध हुन नसकेको दरबारनिकट
श्रोतको भनाइ छ । पूर्वअधिराजकुमार
धीरेन्द्रको पदवी खोसिनुमा ऐश्वर्याको महत्वपूर्ण
भूमिका थियो । जुन, रत्नलाई मन परेको थिएन ।
दरबार हत्याकाण्डकी साक्षी
रत्नले आफ्नो जीवनमा धेरै दुःख, पीडा र बियोग
पनि झेल्नुपरेको छ । तर, पनि उनी कहिल्यै विचलित
भइनन् । जानकारहरु भन्छन्,
मुमाबडामहारानीमा दुःख पीडा सहने सक्ने र
अरुलाई आफ्नो पीडा सुनाएर दुःखी नबनाउने सोच
छ । तत्कालिन युवराज महेन्द्रले रत्नसित बिहे गर्न
खोज्दा राजा त्रिभुवनले विरोध जनाएका थिए ।
कुनै पनि हातलमा त्रिभुवनको बिहे रत्नसित नगराउने
पक्षमा त्रिभुवन थिए । उता रत्नको प्रेममा चुर्लुम्म
डुबेका महेन्द्र कुनै पनि हालतमा बिहे गर्न चाहन्थे । बरु
त्यसका लागि युवराज पद छाड्न पनि उनी मानसिक
रुपमा तयार भइसकेका थिए ।
तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र
गृहमन्त्री बीपी कोइरालाले
महेन्द्रका बाबुछोराको विवाद मत्थर पारेका थिए ।
त्यसपछि मात्र महेन्द्रको रत्नसित बिहे भयो । बिहे
भएको दुई वर्षपछि नै राजा त्रिभुवनको निधन भयो ।
महेन्द्र राजा र रत्न महारानी बनिन् । २०२८
सालमा राजा महेन्द्रको निधन भयो । र, २५
वर्षमा महारानी बनेकी रत्न ४२ वर्षकै
उमेरमा विधवा भइन् । त्यसपछि उनी राजकाजबाट
क्रमशः टाढिँदै आध्यात्मिक बन्दै गइन् ।
२०५८ सालमा भएको दरबार हत्याकाण्डकी जीवित
साक्षी पनि हुन् रत्न । यद्यपि त्यस घटनाबारे उनले
अहिलेसम्म कहींकतै बोलेकी छैनन् ।
यो घटनाले उनलाई थप विक्षिप्त बनायो ।
हत्याकाण्डमा दुई छोरा र दुई छोरी, बुहारी र
नाति नातिना गुमाएको पीडा पनि रत्नले
बूढेसकालमा सहिन् । श्रोतहरुका अनुसार उनी दरबार
हत्याकाण्डको रातभरि उनी छाउनीस्थित सैनिक
अस्पतालमा बसेकी थिइन् ।
रत्नले दरबारमै बसेर चार राजाको शासन हेरिन् ।
त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासन
देखिन् ।
सँगसँगै निरंकुश
पञ्चायती व्यवस्थाको शक्तिशाली दरबार,
राजासंस्थाको पतन र गणतन्त्रको उदय पनि रत्नले
नजिकबाट हेरिन् । एकथरी दरबारियाहरु उनलाई
राजसंस्थाको जीवित इतिहास मान्छन् र भन्छन् । १६
वर्षकै उमेरमै रत्नले आमा गुमाएकी थिइन् ।

आफूभन्दा मुनिका दुई भाई बहिनी उनैले
हुर्काएकी थिइन् । आफूभन्दा मुनिका दुई
भाइबहिनी उनैले हुर्काएकी थिइन । यस्तै
युवराज्ञीका रुपमा दरबार
छिरेपछि दिदी इन्द्रका छोराछोरी पनि उनैले
हुकाईन् ।
दुःखको पहाड
१६ वर्षको उमेरमै आमाको देहान्त
भएपछि उनीमाथि थप
जिम्मेवारी पनि आइलाग्यो । आफूमुनिका तीन
भाई बहिनीको स्याहार सुसार उनैले गरेकी हुन् । एक
किसिमले उनी नै भाइबहिनीकी अभिभावक बनिन् ।
तत्कालिन युवराज्ञी इन्द्रराज्यलक्ष्मीको २००७
मा निधन भयो । इन्द्र रत्नको दिदी थिइन् ।
त्यसपछि दिदीका छोराछोरी हुर्काउने
जिम्मेवारी पनि रत्नकै थाप्लोमा आयो ।
महेन्द्रसित बिहे गरेर
नारायणहिटी भित्रिएपछि त्यो जिम्मेवारीले
औपचारिकता पायो ।
दिदीका छोराछोरी हुर्काउनका लागि आफू
सन्तान नपाउने निर्णय पनि लिइन् । तत्कालिन
राजा त्रिभुवन छोरा महेन्द्रको विवाह रत्नसित
नगराउने पक्षमा थिए । त्यसैले बुहारी बनेर दरबार
छिरेपछि पनि त्रिभुवनले रत्नलाई राम्रो व्यवहार
गरेनन् । त्रिभुवनको मृत्युपछि भने उनी महारानी नै
बनिन् । पति महेन्द्रसँगै रत्न २०२७ सालमा शिकार
खेल्न कैलालीको टिकापुर गएकी थिइन् ।
त्यहाँ महेन्द्रकै गोली लागेर उनी घाइते भइन् । २०२८
सालमा राजा महेन्द्रको हृदयघातबाट निधन भयो ।
४२ वर्षको उमेरमै रत्न विधवा भइन् । पति महेन्द्रले सुरु
गरेको निरंकुश पञ्चायती व्यवस्था २०४६
सालको जनआन्दोलनले भत्काइदियो ।
देशमा प्रजातन्त्र आयो । दरबारको भूमिका खुम्च्यएर
संवैधानिक बनाइयो ।

२०५८ सालमा त रत्नमाथि ठूलो बज्रपात भयो ।
नारायणहिटीभित्रै
भएको हत्याकाण्डमा उनका जेठा छोरा वीरेन्द्र
(तत्कालिन राजा) को बंशबिनास भयो ।
अर्का छोरा धीरेन्द्र, दुई छोरी र एक ज्वाइँको आँखै
अगाडि निधन भयो । यो घटनाले उनलाई थप
विक्षिप्त बनायो । २०६२ ०६२ को जनआन्दोलनले त
राजसंस्था नै समाप्त भयो । ०६५ सालमा गणतन्त्र
घोषणा भएपछि रत्नको परिवार (छोराबुहारी,
नाति, नातिनीलगायत) नारायणहिटी छाडेर
नागार्जुनतिर लागे । र, सुरु भयो रत्नको एक्लो र
निरस जिन्दगी ।
मिमर न्यूजबाट

पुरा भिडियो हेर्न
तलको बक्समा क्लिक गर्नु होला
भिडीयो वक्स ( )

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top