एजेन्सी : ताईवानको राजधानी ताईपेईमा बुधबार
बिहान भएको जहाज दुर्घटनामा कम्तीमा ९
यात्रुको ज्यान गएको छ ।
ताईपेईस्थित विमानस्थलबाट उडेको जहाज उचाई
लिन नपाउँदै किलुङ नदीमा खसेर
दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले
जनाएका छन् ।
५८ जना यात्रु बोकेर उडेको ट्रान्स
एसियाको सो जहाज दुर्घटनामा २
जना बालबालिकासहित ९ जनाले ज्यान
गुमाएका हुन् । जहाज नदीमा खस्नु
अघि फिल्मी शैलीमा सडक र पुल भत्काउँदै
अघि बढेको थियो ।
आन्तरिक उडानमा प्रयोग हुने फ्रान्सेली–इटालीयन
कम्पनीले बनाएको एटीआर ७२–६०० डबल इन्जिन
भएको सो जहाज दुर्घटना हुनुको कारण भने
खुलेको छैन ।




0 comments: