साप्ताहिक राशिफल, वि.सं. २०७१ फाल्गुन ०३ गतेदेखि वि.सं. फाल्गुन
०९ गतेसम्म
==========================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
साथीभाइसित भेटघाट हुनुका साथै
मनोरञ्जनात्मक काममा संलग्न भइने छ ।
दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई
पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
मङ्गलबारपछि प्राविधिक काममा विशेष
सफलता प्राप्त हुने छ साथै
आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष
महत्वको समय हुनेछ । मातापिता र
अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ ।
बिहीबारपछि सुखद समाचार सुन्न पाइनेछ ।
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन
तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ ।
साताको अन्त्यमा खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट
जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ ।
बोलीको विपरीत
अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र
टाढाको यात्रा सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट
स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता,
संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।
मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ ।
मङ्गलबारपछि सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक,
सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट
प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
बिहीबारपछि हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम
देखा पर्नेछन् ।
तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
साताको अन्त्यमा पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।
सद्भाव र
प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र
प्रेमीप्रेमिकाको मिलन हुने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न
व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले
प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र
रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
मङ्गलबारपछि झैझगडा र
मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ,
धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन्
।
बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले
विपरीत अर्थ
प्रदान गर्न सक्छ । बिहीबारपछि कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
राम्रो हुन्छ । सामाजिक
उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र
जिम्मेवारी हात
पार्ने मौका छ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने
मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा स्वास्थ्यमा अचानक गडबडी आउने
देखिन्छ ।
त्यसबाट फाइदा हुने सम्भावना छैन । सहयोगी हातहरू
पछि हट्न सक्छन् ।
अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले
सङ्कट
उत्पन्न हुनसक्छ । मङ्गलबारपछि हाँसखेल, भ्रमण र
मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र
साथीभाइसँग
मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने
छन् ।
जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त
हुनेछ ।
बिहीबारपछि सानातिना काम र घरेलु समस्यामा नै समय
व्यतीत हुनेछ ।
प्रत्येक काममा बाधाअडचन आउने र
ढिलो गरी कार्यसम्पादन हुने समय छ ।
सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ ।
स्वास्थ्यमा समस्या हुनसक्छ । साताको अन्त्यमा मान्यजन र
अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ
पुग्नेछ ।
घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन
लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार
सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने
योग छ । सन्तति पक्ष र भाइबहिनीले
खुसीको वातावरण सिर्जना गर्नेछन्
। साथीभाइले तपाईंका सकारात्मक कामको समुचित
मूल्याङ्कन
गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ ।
मङ्गलबारपछि सहयोगी हातहरू पछि हट्न सक्छन् ।
मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ । अनावश्यक र
दिक्कलाग्दो यात्रा हुन सक्छ ।
भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय
होइन । आर्थिक सङ्कटको योग छ । बिहीबारपछि समय
मनोरञ्जनपूर्ण रहनेछ
। नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
आम्दानी प्रशस्तै
बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।
साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव
हुनेछ । अप्रिय
समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र
भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम
बढी समय लगाएर
गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा परिवारमा मतभेद हुनेछ । झैझगडा र
मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले
पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ ।
गरिएको लगानीबाट
दीर्घकालीन फाइदा नहुन सक्छ ।
मङ्गलबारपछि सन्ततिपक्षबाट
खुसीको समाचार प्राप्त हुने छ । आफन्तले
प्रशंसा गर्नेछन् । मन
प्रफुल्ल र उत्साही बन्ने छ ।
घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न
लागेको काममा सबैले साथ दिनेछन् ।
बिहीबारपछि काममा अधिकार
प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ ।
प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले
केही चुनौती र
अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत
परिस्थिति आफ्नो पक्षमा आउने छैन ।
साताको अन्त्यमा लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग
आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ ।
बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान
पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक
विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ ।
भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।
व्यावहारिक र सामाजिक
जिम्मेबारी थपिनेछ । मङ्गलबारपछि घरपरिवार र
छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक
मर्यादामा आँच आउने
सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन ।
परिश्रम
गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन ,व्यर्थै
खेर जान सक्छ ।
बिहीबारपछि सन्तति पक्ष र भाइबहिनीले
खुसीको वातावरण
सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र
ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक
सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद
रहने छ ।
साताको अन्त्यमा प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन
हो ।
परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ ।
जीवनसँगीसित
ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा आर्थिक क्षेत्र सबल रहने छ ।
स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । बन्दव्यापारबाट
राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै
मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
मङ्गलबारपछि व्यवसायिक क्षेत्र सफल रहने छ,
आम्दानीमा कमी आउने
छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ ।
तीर्थव्रत
तथा देवालयको भ्रमण हुन सक्छ ।
बिहीबारपछि खर्चको मात्रा ह्वात्तै
बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न
जाँगर लाग्दैन ।
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ ।
चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
धैर्यले
काम लिने समय छ । साताको अन्त्यमा कुनै विशेष
खुशीको समाचार
सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ
। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ ।
भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा नयाँ योजना कार्यान्वयन गर्ने र
दीर्घकालीन
योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने
प्रयास गर्न अनुकूल छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक
उपार्जन
हुने योग छ । मङ्गलबारपछि परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक
कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष
संलग्नता र
भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्,
महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ ।
बिहीबारपछि पराक्रम र उत्साह
बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
सहयोगीहरूले साथ
दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक
काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
साताको अन्त्यमा परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु
पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक
क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर
नपर्नु नै राम्रो हो,
परिवारकै सदस्यबाट धोका हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक
बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ ।
आम्दानीका मार्ग
अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले
मन
व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन ।
मङ्गलबारपछि
सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्न सक्छ,
त्यसैले
आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास
गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम
बनाउन सकिनेछ ।
बिहीबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने
रकम
हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन
सकिने छ, त्यस्तै
बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै
लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला ।
साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ
कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक
प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र
बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने
समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने
योग छ
। गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला ।
पढाइमा प्रगति हुनेछ । मङ्गलबारपछि सट्टापट्टा वा जुवाजन्य
क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक
यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन ।
व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव
जाग्नेछ । बिहीबारपछि पारिवारिक सुख मिल्नुका साथै
अध्ययन—
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक
पक्ष
सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय
प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ ।
साताको अन्त्यमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले
आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा,
फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ
प्राप्त
गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा आफ्नो काममा तल्लीन हुनुपर्ने
भएकाले समय
बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले
अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
राम्रो हुन्छ ।
मङ्गलबारपछि भाइबहिनी वा सन्ततिका तर्फबाट
खुशीको खबर प्राप्त
हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ,
कारोबारमा गतिशीलता आउने छ र
व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ ।
पठनपाठनमा प्रगति हुनेछ ।
बिहीबारपछि समाजमा तपाईंका कुरा काट्नेको कमी हुने
छैन ।
आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त
हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक
क्षमताको उपयोग हुन सक्दैन । साताको अन्त्यमा रोकिएका काम
सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र
प्रतिष्ठा बढ्नेछ
। बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र
दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात
हाल्ने
समय छ ।




0 comments: