Tuesday, February 10, 2015

ताप्लेजुङमा चार अर्बको अलैंची कारोबार

ताप्लेजुङ, माघ २८ । ताप्लेजुङमा यस वर्ष चार अर्ब
रुपैयाँबराबरको अलैंची कारोबार भएको छ ।

‘कालोसुन’को उपमाले चिनिने
पहाडी जिल्लाको प्रमुख
नगदेबालीको रूपमा रहेको अलैंचीले
इतिहासकै सर्वाधिक मूल्य कायम गरेसँगै
अलैंचीबाट ताप्लेजुङले चार अर्बको कारोबार
गरेको हो ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यस वर्ष
जिल्लामा कुल एक
हजार चार सय १० मेट्रिकटन
अलैंची उत्पादन भएको थियो ।

हालको न्यूनतम मूल्य एक लाख पाँच हजार
रुपैयाँ प्रतिमन (४० किलोग्राम) का दरले यहाँ उत्पादन
भएको कुल ३५ हजार दुई सय ५० मन
अलैंचीको मूल्य करिब चार अर्ब रुपैयाँ बराबर
हुन आउँछ । एक लाख पाँच हजार रुपैयाँ प्रतिमनले एक
किलोग्राम अलैंचीको मूल्य दुई हजार ६ सय
२५ रुपैयाँ पर्छ ।

यहाँ उत्पादित अलैंचीले यस वर्ष आकर्षक
भाउ पाएकोले किसान तथा व्यवसायी दुबैले
गतिलो आर्थिक लाभ लिन सफल
भएको कार्यालयका बागवानी अधिकृत उमेश
कराउतले बताए ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top