काठमाडौं, फाल्गुन ६ । इराकको अल–
बगदादी क्षेत्रमा इस्लामिक स्टेट
(आइएस)का अतिवादीहरुले ४५ जनालाई जिउँदै जलाएर
हत्या गरेका छन् । मारिनेहरु को थिए र किन हत्या गरिएको भन्ने
केही नखुलेको त्यहाँको प्रहरीले
जनाएको छ ।
कर्णेल काासिम अल–ओबेदीले भने
हत्या गरिएकामा कतिपय सुरक्षाकर्मी पनि हुनसक्ने
आशंका गरेका छन् । सुरक्षकर्मी र स्थानीय
अधिकारीहरुको परिवार रहने क्षेत्रमा उक्त
घटना भएको बताइएको छ ।
आइएस लडाकूहरुले गत हप्तामात्र उक्त क्षेत्रको धेरै स्थान
आफ्नो कब्जामा लिएका थिए ।
उता, नाइजेरियामा चुनाव अगाडि कतिपय क्षेत्रमा लगातार गराइएको बम
विस्फोटमा ४० जना मारिएका छन् । पूर्वोत्तर सहर
बियूमा सेनाको चेकपोस्टमा गरिएको विस्फोटमा ३६ जना मारिएका हुन् भने
योबे राज्यस्थित
रेस्टुराँमा गराइएको विस्फोटमा तीनजना मारिएका छन् भने १२
जना घाइते भएका छन् ।
विपक्षी पार्टी एपीसीको र्याली हुँदै
गर्दा घटना भएको खबर छ । हिंसाकै कारण त्यहाँको निर्वाचन २८
मार्चका लागि सारिएको छ । (एजेन्सी
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Wednesday, February 18, 2015
इराकमा आइएसद्धारा ४५ जनालाई ‘जिउँदै जलाएर हत्या’
Labels:
world top news




0 comments: