अन्नपूर्ण पोस्टवाट
काठमाडौं: हालै रसियाको एक गाउँमा एकैपटक
तीनवटा सुर्य उदाएको दृष्य देखियो ।
काजाकिस्तानको सिमानादेखि ८० माइल टाढाको एक
गाउँमा एक्कासी तीनवटा सुर्य उदाएको देखेर
चेलियाविंस्कका स्थानीयबासी चकित परेका थिए
।
स्थानीयले लहरै तीनवटा सुर्यको किरण
देखेपछि चकित भएका थिए । तर
यथार्थमा त्यहाँ तीनवटा सुर्य भने उदाएका थिएनन् ।
हावामा आँखाले देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले
दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीनवटा देखिने
बनाएको थियो ।
माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै
कारण अप्टिकल भ्रम बन्ने गरेको डेलिमेलले लेखेको छ । 'फ्यानटम
सन' नामले समेत चिनिने यो दृष्यले मानिसहरुलाई आश्चर्य चकित
बनाएको थियो ।
अहिले तीनवटा सुर्यको भिडियो र तस्बिर सामाजिक
सञ्जालमा लाखाैंको संख्यामा सेयर भइरहेको अन्तर्राष्ट्रिय
सञ्चारमाध्यमले जनाएका छ्न् ।




0 comments: