Friday, February 20, 2015

अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की

अहिलेसम्म पुरुषका लागि गर्भनिरोधक साधन
भनेको एकमात्र कण्डम नै हो ।
यद्यपि महिलाको हकमा भने धेरै
प्रकारका गर्भनिरोधक
साधनहरु उपलब्ध छन् । ती मध्ये हर्मोनयुक्त चक्कीहरु
बढि प्रयोगमा रहेका छन् ।
कण्डमको प्रयोगले गर्भनिरोधका साथै यौनरोगबाट
समेत बचावट गर्ने भएपनि कतिपय पुरुषहरु यौन
सम्बन्धका बेला कण्डमको प्रयोग गर्नुपर्दा झण्झट
मान्छन् र यसबाट पर्याप्त सन्तुष्टि नहुने गुनासो गर्छन्
। पुरुषहरुको यहीँ गुनासोलाई सम्बोधन गर्दै
वैज्ञानिकहरुले पुरुषहरुका लागि गर्भनिरोधक
चक्की तयार गर्दैछन् ।
नचाहेको गर्भबाट बच्नका लागि पुरुषहरुले प्रयोग
गर्नसक्ने कम्तिमा पनि दुइवटा नयाँ गर्भनिरोधक
विधिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान
गरिरहेका छन् । यिनीहरुमध्ये एउटा एच टू
ग्यामेनड्याजोल हो र अर्को जेक्यू वान मोलिक्यूल ।
एच टू ग्यामेनड्याजोल यस्तो वस्तु हो जसले
शुक्रकिटलाई
पूर्ण रुपमा विकशित हुन दिँदैन ।
सामान्यतया अपरिपक्व शुक्रकिटहरु
अण्डकोषमा प्रवेश
गरेपछि पूर्ण विकशित हुन्छन् तथापि यो चक्कीले
शुक्रकिटलाई पूर्ण विकशित हुन दिँदैन ।
अमेरिकाको युनिभर्सिटी अफ कन्सास मेडिकल
सेन्टरका प्रजनन जिव वैज्ञानिक जोसेफ
तासका अनुसार
जब गर्भाधान गराउने खालका शुक्रकिट हुँदैनन् तब
अण्डामा गर्भाधान गरी भ्रुण बन्ने सम्भावना नै रहँदैन

अर्को सम्भावित पदार्थ जेक्यू वान हो जसले
सरीरमा शुक्रकिटको निर्माण हुने दिशा नै बन्द हुन्छ ।
यो यौगिकले अण्डकोषको प्रोटिनमा कुनै
क्षति नपूराइकन शुक्रकिटको निर्माण मात्र रोक्न
सक्छ
सक्दैन भन्ने विषयमा वैज्ञानिकहरुले अनुसन्धान
केन्द्रित
गरेका छन् । सन् २००१ देखि पुरुषको गर्भनिरोधक
चक्कीको अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले
अबका केही वर्षभित्रैमा यसलाई बजारमा पठाउन
सकिने
अपेक्षा गरेका छन् ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top