वि.सं. २०७१ माघ २८ गते बुधबार तदनुसार ई. सं.
२०१५ फेब्रुवरी ११ तारिख,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय
बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र
मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास
र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ
। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त
हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास
गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै
हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार
आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र
शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण
गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र
शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ महालक्ष्म्यै नमः यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ ।
मानप्रतिष्ठा र सामाजिक
मर्यादामा हानि पुग्नेछ । गुरुजन, अभिभावक र
साथीभाइले दिएको सल्लाहालाई नमान्नाले
तपाईंलाई दीर्घकालिक असर पर्नसक्छ ।
सन्ततिको चिन्ताले सताउन सक्छ । बौद्धिक र
प्राज्ञिक क्षेत्रमा समय दिन नसक्नाले
खिन्नता बढ्नेछ । आजका लागि शुभअङ्क २ र
शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।
सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक
अशान्ति र बेचैनी हुने योग छ ।
पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास
गरेका व्यक्तिबाट नै विश्वासघात हुने
सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु
होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना छ । धार्मिक र सामाजिक
काममा समय बित्नेछ । दिनदुःखीलाई
दिएको सानो सहयोगले रोकिएको काम बन्न
सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ
प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक
सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ९
र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको दायित्व क्रमशः बढे
पनि आम्दानीको मात्रामा बढोत्तरी हुने
देखिंदैन । नयाँ काममा हात
हाल्नुअघि अभिभावकसँग सल्लाह गर्नु होला ।
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र
सुनचाँदी जस्ता धातुको कारोवारबाट
बेफाइदा हुनसक्छ । बोलीमा प्रभाव रहने छैन,
विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै
यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिश्रम गर्ने दिन छ, उपलब्धी धेरै लिन सकिने
छैन । पेसा वा व्यवसायमा असन्तुष्टि बढ्ने छ
। खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम
गर्ने सोच बनाउनु भएको छ भने अर्काको अनुभव
र सल्लाह बुझेरमात्र मात्र थाल्नु
राम्रो हुन्छ । अन्न, फलफूल आदि कृषिजन्य
व्यवसायबाट नोकसानी हुनसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय
नमः यस मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला ।
प्रतिकूल समय छ, त्यसैले विश्वास
गरेका व्यक्तिबाट नै विश्वासघात हुने
सम्भावना छ । अशान्ति र अराजकताका समाचार
सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक
समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन
लगानीले पिरोल्न सक्छ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हाँसखेल र मनोरञ्जनका लागि मन लालायित
हुनेछ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनेछ ।
भोजनको अनुकूलता प्राप्त नहुने सम्भावना छ
। अरुले
तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन्
। बोल्दा ख्याल गर्नुहोला, गतल सन्देश
जानसक्छ । बढुवा वा जिम्मेवारीका अवसर
गुम्न सक्छन् । आजका लागि शुभअङ्क ६ र
शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस
मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ
। विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन
हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ,
प्रशस्त आम्दानी हुने सङ्केत पनि छ,
आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत
छ । आलोचनाबाट बच्ने प्रयास गर्नुहोला ।
आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे
हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे
नमः यस मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत
सघाउ पुर्याउन सक्दैनन् ।
शरीरमा उत्साहको कमी हुनेछ । आकस्मिक
यात्राको समय छ, तर यात्राबाट
सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन ।
तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट
सन्तुष्टि हुनसक्छ, तर
मनमा पलाएको निराशाभाव समाप्त हुन सक्दैन ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज चोटपटकको भय हुनेछ । झुठो फत्तुर
पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं
विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं
संयमता अपनाउनु अत्यावश्यक छ ।
पछाडि कुरा काट्नेहरूले
षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
नजिकैका मित्रले समेत तपाईंको भावनालाई
बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




0 comments: