काठमाडौं, फाल्गुन ५ ।
महाशिवरात्रीको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले
मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।
अपरान्ह ५ बजे पशुपतिनाथ पुगेका राष्ट्रपति यादवले
मन्दिरमा आधा घन्टा पूजा गरी टीका तथा प्रसाद
ग्रहण गरेका थिए ।
दर्शनपछि राष्ट्रपति यादवले दलहरुबीचको बेमेल हटेर
देशमा नयाँ संविधान बनोस् भन्ने
कामना गरेको प्रतिक्रिया सन्चारकर्मीलाई दिए ।
यस्तै, उपराष्ट्रपति परमानन्द झाले पनि पशुपतिनाथ
पुगी पूजा–अर्चना गरेका थिए ।




0 comments: