१४ फागुन, काठमाडौं । नेपाली यूवाहरुले विकास
गरेको नयाँ सोसियल साइट ‘सगुन डटकम’ बुधबार
विश्वव्यापी सार्वजनिक गरिएको छ । सगुन
डटकम अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक
गरिएको हो ।
अमेरिकाको पेन्टागनमा सिष्टम इञ्जिनियरको रुमा काम गर्दै
आएका गोविन्द गिरीले साइट विकास गरेका हुन्
। सुरुमा सगुनलाई गुगलजस्तै सर्च इञ्जिन बनाउने प्रयास
गरेका गिरीले सोसियल साइटका रुपमा विकास
गरेका हुन् ।
सगुनमा चलनचल्तीमा रहेका फेसबुक,
ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट,
इन्स्टाग्राम लगायतका म्यासेजिङ
साइटहरुको विशेषता रहेको छ ।
यो साइटमा परिवारका सदस्य तथा साथिहरुसँग
फोटो तथा सूचनाहरू आदान प्रदान गर्न सकिन्छ ।
तत्काललाई सगुनमा लाइभ कुराकानी तथा च्याट
गर्न नसकिने भएपनि सूचनाहरू सेयरिङ गर्न सकिने
इन्फरमेन कम्युनिकेशन
टेक्नोलोजी (इआइसीटी)
नेपालका को-फाउन्डर राजु कट्टेलले
जानकारी दिए । आफ्ना व्यक्तिगत फोटोहरु
ग्रुप बनाएर सगुनमा सेयरिङ समेत गर्न सकिन्छ ।
यसका लागि प्रयोगकर्ताहरुले आफै ग्रुप
खडा गरी सूचना तथा फोटोहरु सेयर गर्न
सक्नेछन् । सबैभन्दा आकर्षक
सुविधा भनेको सगुनमा गोप्य डाटा तथा सूचनाहरु स्टोर गरेर
राख्न सकिन्छ ।
सगुनमा साथीहरु बनाउन पनि निकै
सजिलो रहेको छ । अहिले फेसबुक,
ट्वीटर लगायतका सामाजिक
सञ्जालमा रहेका साथीहरुलाई सिधै
सगुनमा कनेक्ट गर्न सकिन्छ । साथै, छुट्टै आफुले
चाहेको मानिसलाई पनि साथी बनाउन सकिन्छ ।
सगुनमा खाता खोल्दा, साथी बनाउँदा, गोप्य
म्यासेज पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले नगद
उपहार पाउनेछन् । कट्टेलका अनुसार प्रयोगकर्ताले
खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर
प्राप्त गर्नेछन् ।
यसरी जम्मा भएको रकम निश्चित
समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्र
बिक्रेतासँग सगुन सोसल स्मार्ट कार्ड प्रयोग गरेर सपिङ
गर्न सकिने छ । कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन
एप्समा समावेश गरिएको हुने छ । कम्पनीले
नगद रकम भने नदिने जनाएको छ ।
गुनले आगामी तीन महिनाभित्र
साइटको अपग्रेडेड भर्सन सार्वजनिक गर्नुका साथै मोबाइल
भर्सनमा समेत जाने जनाएको छ । ‘अन्य सोसियल साइटले
हामीबाट कमाउने मात्र गरेका छन्,
आम्दानी सेयर गर्ने गरेका छैनन्’ कट्टेलले
भने- ‘हामी आम्दानीलाई
प्रयोगकर्तासँग सेयर गर्न चाहान्छौं ।’
अहिले लाइभ च्याटिङ, अडियो भिडियो कल
सुविधा नभएपनि अपकमिङ भर्सनमा त्यो सुविधासमेत
उपलब्ध गराउँदै जाने सगुन इंकले जनाएको छ ।
आगामी ६ महिनाभित्रमा नेपालमा ५ लाख
प्रयोगकर्ता बनाउने लक्ष्य सगुनको छ ।
यसअघि सगुनले सेक्रेट र ओकाइजन एप्लिकेशन
सार्वजनिक गरिसकेको छ । जसमा प्रयोगकर्ताले
तस्वीरमार्फत व्यक्तिगत क्षण एक
अर्कामा साटासाट गर्न सक्छन् । अहिलेसम्म सगुनमा एक
लाख १६ हजार प्रयोगकर्ता रजिष्ट्रर्ड भइसकेका छन् ।
सगुनका फेसबुक तथा ट्वीटरसँग
केही फिचरहरु मिलेपनि यसमा आफ्नै
किसिमका विशेषताहरु रहेको बताइएको छ । यसले
फेसबुकले जस्तै प्रयोगकर्तालाई एकाग्र नबनाउने
दाबी गरिएको छ ।
यसमा कसैबाट प्राप्त गरेको म्यासेज सजिलै डिलिट गर्न
सकिने कट्टेलले जानकारी दिए । गोप्य
सूचना आदान प्रदान गर्न पनि सगुन निकै भरपर्दो माध्यम
हुने उनले बताए ।
सगुनले तीन महिनाभित्रमा आफ्नै ल्याब
स्थापना गर्ने जनाएको छ । भारतमा आफ्नो छुट्टै कार्यालय
खोल्न भारतकै अग्रणी प्राविधिक शिक्षालय
इन्डियन इन्स्िटच्यूट अफ टेक्नोलोजीसँग
सहकार्य गर्दैछ । सगुन इंकका अनुसार अहिले
भारतमा दश जना दक्ष व्यक्तिले काम गरिरहेका छन् ।
सगुन इंकका संस्थापक गोविन्द गिरीले
नेपाली जनता र
सिंगो विश्वका लागि नयाँ प्रविधिको प्रयोग गर्ने अवसर दिन
पाउँदा आफू निकै उत्साहित भएको बताए । फेसबुक,
गुगल, ट्वीटरले जस्तै सगुनले
पनि नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा रामारोशन गर्ने
उनको विश्वास छ |
#अनलाईन खवर




0 comments: