मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा पारिवारिक
वातावरण अनुकूल हुने छैन । मानसिक एवं
बौद्धिक क्षमता ह्रासता आउने छ ।
नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु
पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु भर
पर्दो देखिन्न । सामान हराउने सम्भावना छ ।
सोमबारपछि अन्न फलफूल आदि कृषिजन्य
व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग
छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार
पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच
बनाउनु भएको छ भने अनुकूल छ ।
बुधबारपछि सामाजिक र व्यक्तिगत
प्रतिष्ठा स्थापना गर्ने मौका छ ।
पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ ।
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।
पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र,
अलङ्कार आदि खरिद गर्ने योग छ ।
साताको अन्त्यमा नजिकका मित्रबाट विशेष
सहयोग र सुख प्राप्त हुने देखिन्छ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना छ । भोजभतेर, खानपिन
जस्ता कार्यमा सहभागी हुनु पर्नेछ ।
सानातिना कुरामा अल्मलिने समय छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा आत्मबल बढ्ने छ ।
मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध
सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ
हुनेछ । सुखसुविधा र
विलासिताका साथमा समय बित्नेछ । सरकार
र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
सोमबारपछि विश्वास गरेका व्यक्तिबाट नै
विश्वासघात हुने सम्भावना छ । अशान्ति र
अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ ।
पारिवारिक समस्याले मन खिन्न हुनेछ ।
दीर्घकालीन लगानीले पिरोल्न
सक्छ ।
प्रतिकूल समय छ । बुधबारपछि व्यापारिक
वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न
हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र
भ्रमण, पर्यटन, रमझम तथा सामाजिक
काममा सहभागी हुनु पर्नेछ । धार्मिक र
सामाजिक काममा मन जान सक्छ ।
साताको अन्त्यमा मिष्ठान्न भोजनको अवसर
प्राप्त हुने योग छ । आर्थिक लगानी बढाउन
अनुकूल छ । नयाँ ठाउँमा निवेश र
लगानीको वातावरण बन्नेछ । धेरैथोर
लगानी गर्नु पर्नेछ । बोलीको प्रभाव बढ्नेछ,
आफन्तले प्रशंसा गर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा हाकिम वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
जग्गाजमिनको कारोबार गर्दा असल हुने
सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट
मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट
पनि राम्रै सहयोग प्राप्त हुनेछ ।
सोमबारपछि धर्मकर्ममा रुचि बढ्ने योग छ ।
मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
पठनपाठनमा प्रगति हुनेछ । अरुबाट
तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत
छ । बोलीको कदर हुनेछ । प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
बुधबारपछि लामो दूरीको यात्रा हानीकारक
हुनसक्छ । शरीरमा पीडा हुनेछ । घाउचोट
तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । अप्रिय
समाचार सुन्नु पर्दा मन खिन्न हुने
स्थिति आउनसक्छ । परिवारबाट असहयोग हुनेछ
। साताको अन्त्यमा नयाँ कामको लागि नयाँ
अवसर आउनेछ । निर्माण तथा व्यवहारिक
क्षेत्रमा मन आकर्षित हुनेछ । शुभ समाचार
प्राप्त हुने योग छ । मन फुरुङ्ग हुने समय छ । दैनिक
कामकाज सजिलै सम्पन्न हुनेछन् ।
घरपरिवारमा राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा
पुराना साथीभाइसित अचानक भेटघाट हुने र
आकस्मिक लाभ मिल्ने समय छ ।
कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व
सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ
हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।
सोमबारपछि हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिको विचारले
प्रभावित तुल्याउन सक्छ । पितृधनबाट
फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने
सङ्केत पनि छ, आम्दानी गरिएको धन नाश हुने
सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला ।
बुधबारपछि सामाजिक कामबाट
प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र
सांस्कृतिक सभासमारोहमा सरिक हुने
सम्भावना छ । लाभदायक
यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त
हुनेछ । साताको अन्त्यमा यात्राको योग छ,
तर सवारी साधन
चलाउँदा वा बाटो काट्दा निकै होस
राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ,
खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।
काममा बाधा हुनाले र
धनको अभावमा मनमा अशान्ति व्याप्त हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा व्यापारीहरूले
हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस
व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने
छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु
होला । अकारण वादविवादमा फँस्ने र
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ ।
सोमबारपछि उत्साहपूर्वक काम गर्नुहोला ।
यात्राको समय छ, धार्मिकस्थल, देवालय
आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन
प्राप्त हुनेछ । सामाजिक कामबाट
प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा कुनै
समय यापन हुन सक्छ ।
बुधबारपछि साथीभाइसित भेटघाट हुने योग छ
। समाजको नेतृत्व बहन गर्नुपर्ने छ ।
खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न
मिल्ने समय छ । जग्गाजमिनको कारोबार
गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र
नोकरीबाट मानसम्मान मिल्नेछ ।
साताको अन्त्यमा आत्मविश्वास र
पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर
लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ
। धार्मिक तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।
नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा जीवनसाथी वा
विपरीतलिंगी मित्रसँग मन फुकाएर
आफ्ना कुरा राख्नका लागि राम्रो छ ।
घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ
। अध्ययन, अध्यापन र लेखनमा खास
अभिरुचि हुनेछैन । सोमबारपछि चोटपटकको भय
हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ ।
बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने
हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक
छ । पछाडि कुरा काट्नेहरूले
षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
बुधबारपछि प्रेम र भाइचारा जीवन्त तुल्याउने
विशिष्ट समय हो । मातापिता, अभिभावक र
मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । साँझ
विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त
हुनेछ अनि कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
साताको अन्त्यमा स्वास्थ्यस्थिति राम्रो
रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।
पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ ।
काममा सोचेजस्तै सफलता मिल्नुका साथै
उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन
रोजगारीको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा अध्ययन, अध्यापन र
लेखनको कार्यमा खासै तत्परता देखिँदैन ।
आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् ।
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्ने सम्भावना छ ।
सोमबारपछि रसरङ्गमा समय बित्नेछ ।
मेवामिष्ठान्न खान पाइने र
मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।
आत्मविश्वास र शीघ्र निर्णय गर्ने
क्षमता अभिवृद्धि हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट
प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
बुधबारपछि धन, धर्म र भाग्यमा हानी पुग्ने
सम्भावना छ । स्वास्थ्यमा गडबडी आउने
सम्भावना देखिन्छ । समस्याबाट मुक्त भएर
बस्न कठिन हुनेछ । सामाजिक र
परोपकारका मार्गमा अवरोध हुनेछ ।
प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ ।
साताको अन्त्यमा दान पुण्यका कार्यतर्फ मन
आकर्षित बन्नेछ । कुनै पर्यटकीय स्थल,
तीर्थ
वा मन्दिरको भ्रमण हुनसक्छ ।
घरमा बस्दा उज्यालो, सफा र स्वच्छ
लुगा लगाई बस्नुहोला यसबाट धनलाभ र
बौद्धिक तथा प्राज्ञिक
क्षमताको बृद्धि हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु–
यस साताको प्रारम्भमा व्यवसायिक
क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
दाजुभाइको प्रगतिको समाचार सुन्न
पाइएला । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन
गर्ने अवसर जुर्नेछ । सोमबारपछि पेसागत र
व्यवसायिक स्थिति बिग्रँदै जानेछ । आर्थिक
समस्याले सङ्कट उत्पन्न हुनसक्छ । स्वास्थ्य
सम्बन्धी विविध समस्याले मानसिक
रूपमा विचलन ल्याउने छ । हडबड र शीघ्रताले
काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् ।
बुधबारपछि अभिभावकवर्ग वा विशिष्ट
व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न
हुनेछ । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
घरायसी काममा समय र धन खर्च हुनेछ ।
पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।
साताको अन्त्यमा मनमा अशान्ति र
छटपटी व्याप्त हुने छ । घरायसी वातावरण,
दाम्पत्य र प्रणयसम्बन्धमा असहजता आउनसक्छ
। कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ ।
महत्वपूर्ण काम गर्न बाँकी भए
केही दिनका लागि नगर्नु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा परिवारजनमा
असमझदारी बढ्नेछ, मान्यजन
वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन
वा घरायसी सम्पत्तिको चिन्ताले सताउन
सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु
राम्रो हुँदैन । कृषि–चौपायाबाट
हानि पुग्नसक्छ । सोमबारपछि बौद्धिक
तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ
। आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ ।
प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला हो ।
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ
। छोराछोरीबाट सन्तोष हुनेछ ।
बुधबारपछि आफन्त वा मित्रले
काममा धोका दिने सम्भावना छ ।
बन्दव्यापार र साझेदारीबाट फाइदा हुनेछैन ।
आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ ।
अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै
तत्परता देखिँदैन ।
साताको अन्त्यमा स्वास्थ्यस्थितिमा
अनुकूलता आउनेछ । घुमघाम, भेटघाट र
मनोरञ्जनमा समय बित्नेछ । कतै
मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ,
दाम्पत्यसम्बन्ध सुखद रहनेछ ।
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा सामाजिक
कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ,
जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव
रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला ।
यो समय विशेष महत्वको समय हुनेछ ।
सोमबारपछि घरायसी वातावरणमा केही
धमिलोपन आउने छ । सामान्य कुराले पनि मन
पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने
योग छ । पढाइलेखाइमा जाँगर चल्दैन ।
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने
सम्भावना छ ।
बुधबारपछि विगतमा गरेको परिश्रमको
प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने
योग छ । पठनपाठनमा प्रगति हुनेछ ।
सभासमारोहमा सहभागी बन्ने मौका छ ।
आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । चिन्तन
महत्त्वपूर्ण बन्न सक्छ ।
साताको अन्त्यमा काममा बाधाअडचन
उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट
उत्पन्न हुनसक्छ । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ ।
शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद
वा न्याय
सम्पादनका सिलसिलामा बेफाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा मनमा बसाइ सर्ने,
सरुवा हुने वा व्यवसाय
वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन
सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले
आफ्ना विचारलाई कार्यान्वयन
गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर
पाउनुहुनेछ ।
सोमबारपछि भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना छ ।
धार्मिक र सामाजिक काममा समय बित्नेछ ।
दिनदुःखीलाई दिएको सहयोगले
रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् ।
बुधबारपछि धार्मिक, सामाजिक क्षेत्र
वा मित्रवर्ग बाट धोका हुनसक्छ ।
रगतमा खराबी देखिन सक्छ
वा छाला सम्बन्धी रोगले दुःख नदेला भन्न
सकिन्न । आफ्नै जिद्दीपनाले गर्दा काम
बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने
सम्भावना छ ।
साताको अन्त्यमा पठनपाठनमा ध्यान दिनु
बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र
साथीभाइले उपयोगी र आवश्यक सहयोग
प्रदान
गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
इष्टमित्रले प्रशंसा गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ ।
सन्तति र भाइबहिनीका पक्षबाट समेत सन्तोष
मिल्नेछ । व्यवसायिक क्षेत्रमा लाभप्रद छ ।
भौतिक साधनको जोहो हुनाका साथै
मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने
अवसर जुट्ने छ । सोमबारपछि धार्मिक
सामाजिक कामको दायित्व थपिन सक्छ ।
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर
लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर
विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ ।
बुधबारपछि विद्वान् र प्राज्ञिक
व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ
। विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग
सुमधुर सम्बन्ध कायम हुनेछ । धार्मिक,
सामाजिक र सांस्कृतिक
क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ ।
साताको अन्त्यमा झैझगडाबाट टाढा बस्ने
समय हो । खासगरी हाकिम,
मातापिता वा विशिष्ट व्यक्तिसँग मनमुटाव
हुनसक्छ । प्रेमसम्बन्धमा विश्वासको वातावरण
नभएको महसुस हुनेछ ।
शरीरमा आलस्यपना देखिने छ, चोटपटक
पनि लाग्न सक्छ । —




0 comments: