साप्ताहिक राशिफल / वि.सं. २०७१ फाल्गुन १७ गतेदेखि वि.सं. २०७१
फाल्गुन २३ गतेसम्म
==============================
==========================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त
हुने देखिन्छ । भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना छ । भोजभतेर,
खानपिन जस्ता कार्यमा सहभागी हुनु पर्नेछ ।
सानातिना कुरामा अल्मलिने समय छैन । सोमबारपछि परिवारभित्रकै सदस्य
वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ
। आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ,
शरीरमा चोटपटकको भय छ ।
पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ
। बुधबारपछि साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण
हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ
धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ ।
तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।
साताको अन्त्यमा सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम
बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य
जीवन सुखमय रहनेछ ।
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र
लगानीको वातावरण बन्नेछ । धेरैथोर
लगानी गर्नु पर्नेछ । बोलीको प्रभाव बढ्नेछ,
आफन्तले प्रशंसा गर्नेछन् । सोमबारपछि व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय
र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
आम्दानीमा कमी आउने छैन ।
बुधबारपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन
हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् ।
सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ
। नयाँ योजना कार्यान्वयन हुनेछन् । साताको अन्त्यमा काम
गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न
सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य
मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम
नगर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण
तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । शुभ समाचार प्राप्त
हुने योग छ । मन फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै
सम्पन्न हुनेछन् । घरपरिवारमा राम्रो छ । सोमबारपछि मानप्रतिष्ठा र
ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला ।
घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ ।
छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त
हुनेछ । बुधबारपछि राम्रो समय छैन ।
आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ
। कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै
हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार
पनि शत्रुतापूर्ण हुनेछ ।
साताको अन्त्यमा विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन
गरी स्याबासी पाउने समय हो । अन्य
सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने
अवसर र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ
।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा यात्राको योग छ, तर सवारी साधन
चलाउँदा वा बाटो काट्दा निकै होस राख्नुहोला । स्वास्थ्य खराब
हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।
काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति व्याप्त हुने छ ।
सोमबारपछि मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण
उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार
र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम
प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ ।
बुधबारपछि दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न
सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक
भावनाको विकास हुनेछ । दिनदुःखीलाई
दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ ।
साताको अन्त्यमा विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय
गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले
अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् ।
नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन
एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ
। धार्मिक तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।
नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सोमबारपछि नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ ।
परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने
सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ ।
जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ ।
बुधबारपछि मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ ।
परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र
सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । यस
समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने सङ्केत
छ । साताको अन्त्यमा धार्मिक, सामाजिक काम
वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ ।
उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ
भने त्यसका लागि अनुकूल समय आएको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने
जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ ।
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त
हुने योग छ । नवीन रोजगारीको सम्भावना छ
। सोमबारपछि शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ ।
सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ
। खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक
कृत्यमा सहभागी हुनु पर्नेछ । बुधबारपछि निर्णय
सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।
मनमा केही कमी भएझैं लागे
पनि समग्रमा लाभकारी नै हुनेछ ।
साताको अन्त्यमा व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने
समय हो । वाणि र
व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण
बढ्नेछ, जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ
। भौतिक सम्पत्तिको जोहो हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा दान पुण्यका कार्यतर्फ मन आकर्षित बन्नेछ ।
कुनै पर्यटकीय स्थल, तीर्थ
वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा बस्दा उज्यालो, सफा र स्वच्छ
लुगा लगाई बस्नुहोला यसबाट धनलाभ र बौद्धिक तथा प्राज्ञिक
क्षमताको बृद्धि हुनेछ । सोमबारपछि धैर्यधारण
गरी परिश्रम गर्ने समय हो । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग,
गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य
सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
बुधबारपछि ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु
श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ
। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ ।
अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
साताको अन्त्यमा महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।
लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ ।
लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।
घरायसी वातावरण पनि पक्षमा रहनेछ ।
समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा मनमा अशान्ति र छटपटी व्याप्त
हुने छ । घरायसी वातावरण, दाम्पत्य र
प्रणयसम्बन्धमा असहजता आउनसक्छ । कसैसँग
व्यर्थमा वादविवाद हुनसक्छ । महत्वपूर्ण काम गर्न
बाँकी भए केही दिनका लागि नगर्नु
राम्रो हुनेछ । सोमबारपछि कामको दायित्व थपिने छ । सार्वजनिक
हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले
प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य
सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय
भूमिकाको खोजीहुनेछ । बुधबारपछि राज्यपक्षबाट लाभ
प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ ।
पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट
सन्तुष्ट भइन्छ । साताको अन्त्यमा शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै
ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला ।
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ,
खर्चको मात्रा बढ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । घुमघाम,
भेटघाट र मनोरञ्जनमा समय बित्नेछ । कतै
मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ,
दाम्पत्यसम्बन्ध सुखद रहनेछ । परोपकारकारका क्षेत्रमा मन
आकर्षित हुनेछ । सोमबारपछि अनावश्यक र झर्को लाग्दो यात्रा हुने
सम्भावना छ । अरुले तपाईंका आन्तरिक
क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने
योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित
बन्न सक्नुहुन्छ । बुधबारपछि घरपरिवारबाट भरमग्दुर सहयोग
प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर
हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित
काममा सहयोग गर्नु पर्ला । साताको अन्त्यमा बन्धुबान्धव र दाजुभाइले
तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण
हुनेछन् । धार्मिक तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस
पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा काममा बाधाअडचन उत्पन्न हुन सक्छ ।
आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक
प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय
सम्पादनका सिलसिलामा बेफाइदा हुनेछ ।
सोमबारपछि प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले
ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै
छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन
सक्छ । बुधबारपछि छात्रछात्रालाई भोजन प्रदान गरेमा भाग्यबल बढ्ने
छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन
वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ ।
घरायसी सम्बन्ध राम्रै रहने छ ।
साताको अन्त्यमा व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ,
चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं
लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य
जीवनका लागि समय निकाल्न नसक्नाले थोरै
तनावको सामना गर्नुपर्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा पठनपाठनमा ध्यान दिनु बेस हुनेछ ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र
साथीभाइले उपयोगी र आवश्यक सहयोग
प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
इष्टमित्रले प्रशंसा गर्नेछन् । सोमबारपछि दिन चुनौती र
परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र
दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र
उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न
हुनसक्छ । बुधबारपछि विगतमा आफूले
गरेका कमीकमजोरीको नकारात्मक
नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय
व्यतीत हुनेछ ।
लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
साताको अन्त्यमा लामो दूरीको यात्रामा निस्कन
वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ ।
टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु
हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा झैझगडाबाट टाढा बस्ने समय हो ।
खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग मनमुटाव
हुनसक्छ । प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस
हुनेछ । शरीरमा आलस्यपना देखिने छ, चोटपटक
पनि लाग्न सक्छ । सोमबारपछि मानसम्मानमा बृद्धि हुनेछ ।
महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन
वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्
। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
सहयोगीहरूले काममा साथ दिनेछन् । बुधबारपछि दाम्पत्य
जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने
कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र
झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट
आकस्मिक धनप्राप्तिको सम्भावना छ । साताको अन्त्यमा गर्नु नपर्ने
कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने
योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न
बाँकी काम
पनि केही समयका लागि थाती राख्नु नै बेस
हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला ।




0 comments: