मूला एक फाइदा अनेक, मूला खानुका फाइदै फाइदा
धेरैले मुलालाई निकै सामान्य
तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले
मुला खाने कुरामा खासै ध्यान दिँदैनन् । खासै महत्व
नभएको वा बेतुकको मानिसलाई ‘मूला’ भनेर
गाली गर्ने हाम्रो प्रचलनले
पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ । तर
मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक
हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग
बन्नेछ । विज्ञहरुका अनुसार मूलाको सेवनले
हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन्-
१. क्यान्सरबाट बचावट- क्यान्सर जस्ता असाध्य
रोगसँग लड्नु असम्भव मानिन्छ । त्यसैले
यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो ।
मूलाको नियमित सेवनले क्यान्सरको जोखिम
घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
मूलामा भिटामिन सी हुने हुँदा यसले
सरीरका लागि चाहिने
एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ
जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।
मूला तथा सागपातको सेवनले खासगरी पेट र
आन्द्राको क्यान्सरको जोखिम कम गर्ने
विशेषज्ञहरुले बताएका छन् । यो सँगै मूलाका अन्य
फाइदाहरुमा -
· यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ ।
मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले
सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन
कायम राख्न मद्दत गर्छ ।
· रगतमा ग्लुकोजको मात्रा नियन्त्रित
गरी मधुमेहको जोखिम पनि कम गर्छ ।
· वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत
सहयोग गर्छ । मूलामा निकै कम क्यालोरी र
पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६
क्यालोरी मात्र इनर्जी हुन्छ । त्यसैले
मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर
मोटोपना बढ्ने जोखिम हुँदैन ।
· दमका रोगीका लागि समेत मूलाको सेवन हितकर
हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने
एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।
· मूलाको नियमित सेवनले छालामा हुने विभिन्न
खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र
छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
· मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन
प्रक्रियालाई नियमति गर्ने
तथा कब्जियतको समस्या कम गर्छ ।
· दाँतलाई स्वस्थ र चम्किलो बनाउन
पनि मूलाको सेवन उपयोगी हुन्छ ।
· मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले
यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त
बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।
· गिजाबाट रगत आउने
समस्या भएकाहरुका लागि मूलाको सेवन निकै
फाइदाजनक हुन्छ । मूलाको रस सेवन गर्ने र मूलाकै
रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न
सहयोग गर्छ । जसले मुख गन्हाउने
तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम
हुन्छ ।




0 comments: