Diyu poudel
काठमाडौं : एमडी पढ्ने आसमा जनमैत्री अस्पताल
बालाजुमा कार्यरत डा. मनोजकुमार साह
ठगिएका छन्। वीर अस्पतालमा एमडी पढ्न
मिलाइदिनेमा प्रलोभनमा पारी ठगहरूले उनीसित ६०
लाख रुपैयाँ लिएका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई
ठगी गरेको आरोपमा वीर अस्पतालका अहेव
तथा वीर अस्पताल कर्मचारी युनियनका सचिव
दीपक मुडभरी, टेकु रायमाझी ट्रेडर्सका मेडिसिन
प्रतिनिधि रवि पौडेल र महाराजगन्जका राजेश
कहरलाई पक्राउ गरेको छ।
सप्तरी सित्रियौनका साहले पौडेललाई विभिन्न
मितिमा ६० लाख रुपैयाँ बुझाएका थिए। पौडेलले
'तपाईं सरकारी कोटामा एमडी पढ्ने हो भने
हामी मिलाइदिन्छौं' भन्दै साहलाई लोभ
देखाएका थिए। पौडेलले ६० लाख रुपैयाँ लाग्छ
भनेपछि साहले पैसाको जोहो गरेका थिए। पौडेलले
पैसा पाउने पक्का भएपछि कहरसँग सम्पर्क
गरेका थिए।
कहरले वीरका अहेव मुडभरीसँग सम्पर्क गरी 'पैसा आउने
भयो, अब काम थालौं' भन्दै पटपटक
भेटेको महाशाखाले जनाएको छ। पौडेललगायतले
वीर अस्पतालको नक्कली माइन्युटसमेत
खडा गरी साहलाई देखाएका थिए।
माइन्युट गरेको पानामा २०७० भदौ पाँच गते
बसेको विशेष एमडीमा डा. मनोजकुमार
साहको निवेदन पेस हुन
आएकोमा कमिटीको निर्णयअनुसार सार्क
कोटामा भर्ना लिन मिल्ने निर्णय गरिन्छ' भन्दै
बेनामी हस्ताक्षर गरिएको उल्लेख छ। त्यस्तै वीर
अस्पतालमै पढ्न पोस्टिङ भएको कार्डसमेत साहलाई
गिरोहले उपलब्ध गराएको थियो।
गिरोहले उनलाई दिएको वीर अस्पतालको माइन्युट र
पोस्टिङ कार्ड नक्कली भएको पुष्टि भएपछि साहले
आफू ठगिएको थाहा पाए। कहरले आफूलाई 'राष्ट्रिय
अनुसन्धानको पुलिस हुँ' भन्दै चिनाएको साहले
बताए।
'सुरुमा पौडेलसँग चिनजान हुँदा वीरमै एमडी पढ्ने
व्यवस्था मिलाइदिन्छु। पैसा खर्च गर्नुपर्छ भन्यो। मैले
विश्वासमा पैसा दिएँ। पछि सबै काम किर्ते
रहेको वीर अस्पतालको व्यवस्थापनबाट
थाहा पाएपछि पैसा फिर्ता दिन पटकपटक प्रयास
गर्दा मलाई बाउन्स चेक दिएका रहेछन्', साहले
अन्नपूर्णसँग भने।
महाशाखाका डीएसपी वसन्त रजौरेले
साहको उजुरीका आधारमा वीर
अस्पतालका कर्मचारी युनियनका सचिव
मुडभरीसहित तीनजना पक्राउ गरेको पुष्टि गरे। उनले
भने, 'हामीले अनुसन्धानका लागि तीनजनालाई
नियन्त्रणमा लिएका छौं। नक्कली माइन्युट र
पोस्टिङकार्ड पनि बरामद भएको छ। थप अनुसन्धान
गर्छौं।'
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Wednesday, February 11, 2015
एमडीमा नाम निकाली दिने भन्दै डाक्टरसँग ६० लाख लिने पक्राउ
Labels:
intertaintment,
news




0 comments: