दियु पौडेल,
निकै साँघुरो गुप्तांगका कारण सम्भोग कार्यमा असमर्थ हुँदै
आएकी एक महिलाले नयाँ जिवन
पाएकी छिन् । सुँगुरको आन्द्राबाट बनाइएको कृत्रिम
मानव योनी ती महिलाको गुप्तांग
क्षेत्रमा प्रत्यारोपण गर्न डाक्टरहरु सफल भएका छन् ।
चेक गणतन्त्रको लजेनस्थित
युनिभर्सिटी हस्पिटलका डाक्टरहरुले
ती महिलामा सुँगरको आन्द्राबाट तयार
गरिएको योनी प्रत्यारोपण गरेका हुन् ।
साँघुरो मुत्रथैली भएका मानिसहरुको उपचारमा सुँगुरको
आन्द्राको प्रयोग गरिँदै आएको दृष्टान्तलाई पक्रिँदै डाक्टरहरुले
गुप्तांगमा समेत सुँगुरको आन्द्रा प्रयोग गरे ।
नाम
नखुलाइएकी ती महिलामा स्क्लेरोडर्मा
नामक रोगका कारण
योनीको बाहिरी पत्रको छाला तथा मासु
निकै कडा भएर योनीको प्वाल नै लगभग थुनिएजस्तै
भएको थियो ।
त्यसपछि डाक्टरहरुले सुँगुरको आन्द्राबाट
झिकिएका तन्तुहरुलाई ती महिलाको गुप्तांग
क्षेत्रमा प्रत्यारोपण गरे र त्यस
क्रममा गुप्तांगका कडा तन्तुहरुलाई हटाए । सुँगुरको आन्द्रँबाट
लिइएको तन्तुको जालोले गुप्तांगको आकारलाई चौडा बनाएको छ ।
सुँगुरको आन्द्रा प्रत्यारोपित योनीक्षेत्रमा विस्तारै
ती महिलाकै मानव तन्तुको विकाश हुने र
सुँगुरको सरीरबाट ल्याइएका तन्तुहरु नष्ट हुने
बताइएको छ । तत् पश्चात उनको योनी सामान्य
अवस्थामा फर्किनेछ ।
यो विधिलाई मेस अग्मेन्टेड भ्याजिनल रिकन्स्ट्रक्सन भनिन्छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, February 20, 2015
महिलाको गुप्तांगमा सुँगुरको भुँडी प्रत्यारोपण
Labels:
helth,
world top news




0 comments: