Wednesday, February 11, 2015

विहेभोज खाएर फर्कँदा दुर्घटनामा ज्यान गयो |


लम्की (कैलाली) :
कैलालीको सुदूरपूर्वी टीकापुरमा विवाहको भोज
खाएर फर्किदै गरेका यात्रुहरु चढेको ट्याक्टर
दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घाइतेमध्ये
तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा परी जोशीपुर गाविस–४ झविहीका डेढ
वर्षीय बालक चन्द्रदेव चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइतेमध्ये तीन जनालाई
उपचारका लागि नेपालगन्ज पठाइएको र अन्य
घाइतेको टीकापुर अस्पतालमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय
टीकापुरका प्रहरी नायब निरीक्षक निरक रावलले
जानकारी दिनुभयो ।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–८
बन्दीपुरमा विवाहको भोज खाएर फर्किदै
गर्दा मुनुवा गाविस १ र २ का बासिन्दा सवार से१त
६५५० नम्बरको ट्र्याक्टर टीकापुर खक्रौला सडक
खण्डअन्गत लम्कीपुल नजिकै
दुर्घटनामा परेको थियो ।
ट्र्याक्टरबाट
ट्रली छुट्टिँदा दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुको टाउको, हात, खुट्टा र अनुहारमा चोट
लागेको छ । रासस

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top