दियु पौडेल,
जेल भन्ने ठाउँ सबैको लागि अपि्रय नै हुन्छ ।
अपराधी बस्ने ठाउँ
जेलमा चाहेका सुखसुविधा हुने कुरै भएन । तर
दुनियामा केही त्यस्ता जेल हुन्छन्
जसमा कैदीको जिवन समेत निकै खतरामा हुन्छ र
त्यहाँको अवस्थाको बारेमा सुन्दा जिउ काँप्छ ।
रुवान्डाको गीतारामा सेन्ट्रल जेल
दुनियाको सबैभन्दा खतरनाक जेल हो । खतरनाक
भन्ने बित्तिकै यहाँ कैदीहरुलाई चरम
यातना दिइन्छ भन्ने ठान्नुहोला । तर होइन
यहाँ सुरक्षाकर्मीद्वारा होइन कैदीहरुबीचमै
मारामार हुन्छ । कैदीहरुले नै अरु कैदीलाई माछैन् र
शवको मासु खान्छन् ।
यो जेलमा ६ सय कैदी अटाउने क्षमता छ । तर
यहाँ ७ हजार जना कैदी राखिएको छ ।
कैदीका लागि बस्न समेत ठाउँ नहुँदा धेरै कैदीहरुले
दिनरात उभिएरै समय कटाउनुपर्छ । धेरै कैदीहरु
फोहोर तथा हिलोमा उभिएका हुन्छन् ।
फोहोरका कारण जेलभित्र रोगका कारण धेरै
कैदीहरु विरामी पर्दछन् ।
जेल प्रशासनले कैदीका लागि पर्याप्त
खानेकुरा र बासको समेत व्यवस्था गर्न
नसक्दा जेलभित्र मान्छेको मासु
खाएको घटना बाहिर
आउँदा बेलाबखतमा यो जेलका विषयमा
मानवअधिकारकर्मीहरुले समेत चिन्ता व्यक्त गर्ने
गरेका छन् । तर यो जेलमा सुधार हुन सकेको छैन ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: