साप्ताहिक राशिफल वि.सं. २०७१ माघ २४
गतेदेखि वि.सं. २०७१ फाल्गुन ०१ गतेसम्म
==============================
=======================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा साथीभाइ टाढिने र
व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ ।
पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै
तनावको सिर्जना हुनसक्छ ।
प्रतियोगिताबाट निराशा हात लाग्नेछ ।
तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन
सकिंदैन । मङ्गलबारपछि सोचेजस्तै
सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै
शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय
रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम
गर्ने योजना बनाउनु भएको छ भने
त्यसका लागि अनुकूल छ ।
बिहीबारपछि स्वास्थ्यमा अचानक
गडबडी आउने सम्भावना देखिन्छ ।
सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत
एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत
दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै
पनि नयाँ काम नथाल्नु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा बौद्धिक,
साहित्यिक र सिर्जनात्मक
क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ
। शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक
सफलता मिल्नेछ ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ ।
नयाँ योजना कार्यान्वयन हुनेछन् ।
मङ्गलबारपछि काम गर्दा आर्थिक,
सामाजिक, व्यावहारिक आदि विभिन्न
समस्या आइलाग्न सक्छन् ।
झिनामसिना कामका लागि पनि निक्कै
खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र
झैझगडाबाट टाढा रहनु होला, निर्णय
क्षमताले काम नगर्न सक्छ ।
बिहीबारपछि तपाईं दूरदर्शिताको सर्वत्र
चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक
क्रियाकलापमा समय व्यतीत हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
सन्तानपक्षको राम्रो माया मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा राम्रो समय छैन ।
आफूमुनिका परिवारजनसँगको आत्मीयतामा
कमी आउनसक्छ । कुनै
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै
हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ ।
मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ ।
मङ्गलबारपछि विद्यार्थीहरुले
आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने
समय हो । अन्य सबैका लागि भौतिक
सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र
मौका देखापर्ने छ । चिन्तन र
बौद्धिकताको क्षेत्रमा राम्रो छ ।
बिहीबारपछि भोगविलासमा आकर्षण बढ्न
सक्छ, विलासिता र मनोरञ्जनका लागि समय
र धन खर्च हुनसक्छ ।
आमा वा मामाको स्वास्थ्यमा नकारात्मक
असर पर्न सक्ने दिन छ । तर्क, विवाद र
झैझगडाबाट टाढा रहनु राम्रो हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा दाजुभाइ र
बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न
सक्छ । धार्मिक र सामाजिक काममा समय
बित्नेछ । आध्यात्मिक भावनाको विकास
हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले
भाग्यबलमा अभिबृद्धि हुनेछ ।
मङ्गलबारपछि विदेश वा प्रवासमा बसेर
कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ
प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक
दौडधुप गर्नु पर्नेछ ।
काममा किसिमकिसिमका चुनौती देखा
पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन
। बिहीबारपछि अध्ययन, अध्यापन र
लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ ।
व्यावहारिक र प्राविधिक काममा विशेष
सफलता प्राप्त हुने छ । बौद्धिक
क्रियाकलापप्रति झुकाव बढ्ने छ ।
भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा मन प्रसन्न रहनेछ ।
आर्थिक लाभ प्राप्त हुनेछ ।
परिवारमा मेलमिलापको बातावरण कायम
हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध
हुनेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ
त्यत्ति नै अनुकूल हुने सङ्केत छ ।
मङ्गलबारपछि धार्मिक, सामाजिक काम
वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने
समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ
। नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने
त्यसका लागि अनुकूल समय आएको छ ।
बिहीबारपछि घरायसी कामधन्दा र
पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु
पर्ने छ । छरछिमेकमा कसैसँग
व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र
रतिरागका कारण निराशा भोग्नु पर्ने छ ।
सन्तानपक्षको मायामा कमी आउने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा निर्णय सार्थक हुनेछ ।
मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ
मिल्नेछ । मनमा केही कमी भएझैं लागे
पनि समग्रमा लाभकारी नै हुनेछ ।
मङ्गलबारपछि व्यवसायिक
क्षेत्रमा बोलीको कदर हुने समय हो । वाणि र
व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण
बढ्नेछ, जोस र जाँगर बढ्नेछ ।
धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
भौतिक सम्पत्तिको जोहो हुनसक्छ ।
बिहीबारपछि सामाजिक काममा संलग्न
हुनुपर्ला । धार्मिक वा सामाजिक
सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ
। दाजुभाइ वा नजिकका मित्रबाट विशेष
सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम
खालको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा ठूला आशा र
महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ
। आँफूले गरेका प्रयास र
उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै
सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ ।
अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
मङ्गलबारपछि महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण
हुनेछन् । लाभदायक वस्तुको किनमेल र
कारोबार गरिने छ । लामो दूरीको लाभदायक
यात्राको सम्भावना छ । घरायसी वातावरण
पनि पक्षमा रहनेछ ।
समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।
बिहीबारपछि सम्पति प्राप्त गर्ने
सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद
हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ
प्राप्त हुने सम्भावना छ । व्यस्त
समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट
राम्रो समाचार प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा राज्यपक्षबाट लाभ
प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै
मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र
कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ
। गरेका कामबाट सन्तुष्ट भइन्छ ।
मङ्गलबारपछि शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै
भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ ।
विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र
छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ
। बिहीबारपछि क्रोध, प्रतिशोध, रिसराग र
उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट
राम्रो फाइदा हुनेछ ।
गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ
। बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत
राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा घरपरिवारबाट
भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले
रोजगारीको राम्रो अवसर हात पर्न सक्छ ।
सरकारी जागिरेका लागि प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै
अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।
मङ्गलबारपछि बन्धुबान्धव र दाजुभाइले
तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् ।
अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक
तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र
त्यस पाटोका काममा प्रशंसित हुने अवसर
प्राप्त हुनेछ ।
बिहीबारपछि खर्चको मात्रा ह्वात्तै
बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप
व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने
जस्तो काम सम्पन्न हुन कठिन छ ।
लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा छात्रछात्रालाई
भोजन प्रदान गरेमा भाग्यबल बढ्ने छ र
रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक
वा आध्यात्मिक प्रवचन
वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ ।
घरायसी सम्बन्ध राम्रै रहने छ ।
मङ्गलबारपछि व्यवसायिक र सामाजिक
सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन,
अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ ।
प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय
निकाल्न नसक्नाले थोरै
तनावको सामना गर्नुपर्ने छ ।
बिहीबारपछि साथीभाइ र नातेदारबाट
उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ
। यतिबेलाको समय
विगतका कमीकमजोरी सम्झने समय होइन ।
राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा विगतमा आफूले
गरेका कमीकमजोरीको नकारात्मक
नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै
अल्मलिएर समय व्यतीत हुनेछ ।
लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ
। परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
मङ्गलबारपछि लामो दूरीको यात्रामा
निस्कन वा यातायातको साधन किन्न अनुकूल
छ । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ ।
टाढा रहेका आफन्तजनको उन्नति र
प्रगतिको समाचार सुन्न पाउनु हुनेछ ।
बिहीबारपछि विभिन्न जिम्मेवारी निर्वाह
गर्नुका साथै दौडधूप गर्नु पर्नेछ ।
यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक
सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु
पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग
नपाइएला, तर काममा बाधा हुनेछैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा दाम्पत्य जीवन असल
हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले
नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल,
वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ ।
उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक
धनप्राप्तिको सम्भावना छ ।
मङ्गलबारपछि गर्नु नपर्ने कामबाट जोगिने
बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने
योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ ।
गर्न बाँकी काम
पनि केही समयका लागि थाती राख्नु नै बेस
हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु
होला ।
बिहीबारपछि जीवनसाथी वा बालबच्चासँग
कुराकानी गरी व्यवहारिक जानकारी लिनु
असल हुनेछ । आफूमुनिका नातेदार
वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला ।
इष्टमित्रको शुभकामना प्राप्त गर्न
सकेमा शुभफल प्राप्त हुनेछ ।




0 comments: