रासस/एएफपी|
पाकिस्तान : पाकिस्तानमा आफूले एक लाख
मुसा मारेको दाबी गर्ने एक व्यक्तिलाई यस
मुलुकको उत्तरपश्चिमी नगर पेसावरस्थित एक
सरकारी संस्थाले सडकमा देखिएका मुसा मार्ने
काममा लगाएको छ ।
नासेर अहमद नाम गरेका यी व्यक्तिलाई ‘‘मुसा मार्ने
व्यक्ति’ को पदमा काममा लगाइएको छ र उनले
मासिक रूपमा १५ हजार
रूपैयाँ तथा प्रति अभियानमा दुई हजार रूपैयाँ बोनस
पाउनेछन् ।
अहमदले आफूले गत १९ महिनामा एक लाख
मुसा मारेको दाबी गरेका छन् । उनले आफ्ना एक
साथीकी श्रीमतीलाई मुसाले
टोकेपछि अस्पतालमा भर्ना गर्नुपरेपछि मुसा मार्ने
अभियान आरम्भ गरेको बताएका छन् ।
वाटर सप्लाई एन्ड स्यानिटेसन पेसावर नामक
कम्पनीका महाप्रवन्धक नासिर गफुरले
नगरमा मुसाको सङ्ख्या बढेका गुनासो प्राप्त
गरेको र त्यसले घर, पसलमा क्षति पुर्याएको र
खाना प्रदूषित गरेको बताए ।
उनले आफूले नगरमा ‘‘मुसा मार्ने व्यक्ति’ को पद
पहिलोपटक सिर्जना गर्दै अहमदलाई उक्त
नोकरी दिएको बताए । अहमदले हालसम्म यो काम
एक खुर्पा, एक ठेला तथा प्लास्टिकको पञ्जाबाट
गरिरहेका थिए । उनलाई पाँच कर्मचारी उपलब्ध
गराइएको छ र पेसावरका मुसा समस्या समाधान गर्न
अरुलाई तालिम दिन पनि भनिएको छ ।




0 comments: