जाजरकोट, माघ २८-
सरकारी बेवास्ता र
ठेकेदारको लापरवाहीका कारण १० वर्षदेखि निर्माण हुन
बन्न नसकेको छिन्चु—जाजरकोट
सडक खण्डमा पर्ने राकमको भेरी नदी पुल
यस आर्थिक वर्षमा नै बन्ने पक्का भएको छ ।
पुल निर्माणमा प्रयोग गरिएको नयाँ प्रविधि माइक्रोपाइलिङ्गको काम
सम्पन्न भएपछि पुल
बन्ने पक्का भएको हो । माघ पहिलो हप्तादेखि पुल निर्माणमा सुरु
भएको माइक्रोपाइलिङ्गको काम पुरा भएको छ ।
अधुरो रहेको पिल्लरको जग
माइक्रोपाइलिङ्ग प्रविधिबाट सम्पन्न भएको हो । पुरानो डिजाइन अनुसार
पुल
निर्माणको काम अगाडि बढ्न नसकेपछि सडक विभागले अन्तिम
विकल्पका रुपमा
माइक्रोपाइलिङ्ग प्रविधिबाट निर्माण कार्यलाई अगाडि बढाएको थियो ।
चार स्पानमा निर्माण गरिने पुलको तीनवटा पिल्लरमध्ये
नदीको बीच भागमा निर्माण हुने
तेस्रो पिल्लरमा कडा चट्टान लागेपछि काम प्रभावित भएको थियो । डिजाइन
परिवर्तन
गरी माइक्रोपाइलिङ्ग प्रविधि प्रयोग गरेर निर्माणको काम
अगाडि बढाईएको छ ।
प्राविधिक समस्याका कारण लामो समयदेखि अबरुद्ध बनेको पुल
माइक्रोपाइलिङ्गबाट
निर्माण पूरा हुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
माइक्रोपाइलिङ्ग सकिए
लगतै बाँकी पिल्लर निर्माणको काम माघ महिनाभित्र सकेर
पmागुन चैतमा स्पान जडान
गरि असार मसान्तसम्म पुल निर्माण पूरा हुने निर्माण
ब्यवसायी जयराम लामिछानेले
बताउनुभयो ।
दुई वर्षमा निर्माण गर्ने गरी २०६२ असारमा १ सय ८०
मिटर लामो पुलको स्वच्छन्द, काष्ठमण्डप
निर्माण सेवाले लिएका थिए । पुल निर्माणमा थप लागत सहित ११ करोड
रुपैंयाँ लाग्ने सडक
डिभिजन कार्यालयले जनाएको छ । डिजाईन परिवर्तन भएपछि झण्डै
३३ लाख रुपैयाँ लागत
बढेको छ ।
पुल बन्ने पक्का भएपछि स्थानीय
बासिन्दा खुसी भएका छन् । पुल निर्माण पछि जाजरकोट,
रुकुम, सल्यान, डोल्पा, जुम्ला र सुर्खेत जिल्लाका बासिन्दालाई राहत
पुग्नेछ । पुल
नहुँदा भेरी नदीमा ३५ वर्ष
पुरानो फेरीबाट गाडी वारपार गराउँदै आइएको छ
।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Wednesday, February 11, 2015
भेरी पूल यसैवर्ष बन्ने पक्का
Labels:
news




0 comments: