बिहीबार २१ फागुन , त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलले दुर्घटना भएर
धावनमार्गमा अड्कीएको टर्किस एयरलाइन्सको विमानलाई
हटाई सुरक्षित स्थानमा लैजान भारतबाट इन्डियन एयर फोर्स विमान
ल्याउने भएको छ ।
टर्किस एयरलाइन्सको उडान नं टीके ७२६ विमान अवतरण
गर्ने क्रममा २० फागुन बिहान
धावनमार्गको पश्चिमपट्टी किनारमा जोतिएर धावनमार्ग
अवरुद्ध भएपछि उक्त वायुयानलाई हटाउन विमानस्थलले भारतबाट २१
फागुनमा एयर फोर्स विमान उपकरण ‘एयर क्राफ्ट रिमुएभल किट’
ल्याउन लागेको जनाएको छ ।
धावनमार्गमा अड्कीएको वायुयान भारी बजन
भएको तथा वायुयानका सबै चक्काहरु परिवर्तन गर्न सम्भव नभएकाले
विदेशी उपकरण ल्याई दक्ष जनशक्ति परिचालन
गरी हटाउन लागिएको विमानस्थलले
जानकारी दिएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महाप्रबन्धक
रतिशचन्द्रलाल सुमनले वायुयानलाई हटाउन अनवरत प्रयास गरिए
पनि सम्भव नभएकाले उक्तवायुयानलाई उपकरणको सहायताले
हटाउनका लागि स्वदेशी एवम्
आवश्यकता परेमा विदेशी जनशक्तिसमेत परिचालन गरिने
बताए ।
air“ठूलो जहाज भएकाले हटाउन समस्या भएको छ, यात्रु र व्यागेज
तथा १७ हजार लिटल इन्धन हटाउदा पनि अझै १५० टन वजन छ,
तर हामीसँग ७० टन मात्र तान्नसक्ने क्रेन छ, त्यसैले
भारतबाट एयर क्राफ्ट ल्याउन लागिएको हो ।
२१ फागुन बिहान ८ बजेभित्र उक्त एयर क्राफ्ट अवतरण भइसक्छ
। यस्ता घटना विरलै मात्र हुन्छ, हामीसँग साधन कम
छ, छिमेकी मुलुक भारत र
थाइल्यान्डमा पनि यस्ता क्षमतावान एयर क्राफ्ट एक–एक वटा मात्र
छन् आगामी दिनमा पाठ सिकेर
तयारी अवस्थामा रहनुपर्छ”–उनले भने ।
महाप्रबन्धक सुमनले विमान के कारण दुर्घटना भयो, प्राविधिक
समस्या थियो की थिएन भन्नेबारे छानबिनपछि मात्र भन्न
सकिने उल्लेख गर्दै प्रारम्भिक अनुसन्धान अनुरुप
भिजिविलिटीको कारणले पनि दुर्घटना भएको हुनसक्ने
अनुमान गरिएको बताए ।
यसअघि विमानस्थल स्रोतले विमानको पाङग्रामा समस्या आएर विमान
धावनमार्गबाट बाहिर पुगेको जनाएको थियो ।
बाहिरी निरीक्षण अनुरुप विमानको दुई
वटा इन्जिन खराब देखिएको जनाइएको छ ।
जहाज अवतरण गर्ने बेला एक हजार मिटर
भिजिबिलिटी रहेको विमानस्थलले जनाएको छ । विमानले
धावनमार्गको केन्द्रलाइन लिन नसकेका कारण दुर्घटना भएको अनुमान
पनि गरेको छ । उक्त विमान अवतरण गर्ने क्रममा करिब २० मिनेट
होल्ड गर्नु परेको थियो ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Wednesday, March 4, 2015
टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त विमान हटाउन भारतबाट एयर फोर्स विमान ल्याइने:
Labels:
news,
world top news




0 comments: