Thursday, March 19, 2015

नेपाली सीमामा भारतीय प्रहरीले गरे तोडफोड , सयौं नेपाली अलपत्र ( १५० घर भत्काइदिय )


भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) ले महोत्तरी
जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा
वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित
परिवारका घरबार तोडफोड गरेपछि उनीहरू
बिचल्लीमा परेका छन् ।
सो गाविसका वडा नं ५ , ६ , ७ र ८ मा बसोवास गर्दै
आएका ३०० मुसहर , खत्बे , बिनलगायत दलित
परिवारको १५० घरबारलाई एसएसबीले दशगजा क्षेत्र
खाली गर भन्दै भत्काइदिएका हुन् ।
पुर्र्खौपुर्खादेखि दशगजा क्षेत्रमै बसोबास गर्दै
आएका ती भूमिहीन दलित परिवारको अर्को
ठाउँमा जान जग्गाजमिन नरहेको , घरबार बनाउन
साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेको
बथनाहा – ६ का श्रीचन सदाले बताए । एसएसबीले
गत माघ २९ गते आउँदो पाँच दिनभित्र दशगजा क्षेत्र
खाली नगरे डोजर चलाइदिने भनेर गएको र बुधबार
साँझ अचानक आएर दशगजा क्षेत्रको १५० घरको
अधिकांश भाग भत्काएको थियो । बाँकी रहेका
१५० घर पनि दुई दिनभित्र भत्काउन आदेश दिएको
बथनाहा – ५ रामजी खत्बेले बताए । त्यस्तै एसएसबीले
दशगजा क्षेत्र आफैँ खाली गरी नगए घरबार तोडफोड
गर्नाका साथै कुटपिटसमेत गर्ने धम्कीसमेत दिएको
बथनाहा – ७ का सुरजा बिनले बताए । गाँस , बास र
कपासको समस्या सधैँभरि रहेका तथा गरिबी र
विपन्नताले जरो गाडी बसेका बथनाहाका मुसहर ,
बिन र खत्बेलाई बिनावैकल्पिक व्यवस्था नगरीकनै
घरबारविहीन बनाएपछि उनीहरू वास्तवमै ठूला
समस्यामा पर्न गएको एमाओवादी नेता सत्येन्द्र
यादवले बताए । अहिले पीडितहरू नेपालपट्टिका
खेतमा पाल टाँगेर बस्न बाध्य छन् । कतिले नजिकैको
गाउँमा समेत शरण लिएर बसेको बथनाहा – ४ का
राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता चन्दन
दुबेले बताए । रातोपाटिमा खबर छ ।
श्रोत - ratopati. com

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top