चैत ६ काठमाडौं , फागुन १० गते काठमाडौंको वसन्तपुरमा दुई जना
युवतीमाथि एसिड फाल्ने युवक जीवन बिक
प्रहरीले
सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमै बेहोस
भएर ढले ।
तर, उनको अनुहारको भावले उनी बेहोस भएको नभै
नाटक
गरेको जस्तो देखिन्थ्यो । दाँत टोकेको हो कि हाँसेको
हो त्यो समेत छुट्याउन मुस्किल थियो ।
प्रहरीले उनलार्इ शक्रबार राति काठमाडौंको
टोखास्थित उनी बस्दै आएको कोठाबाट पक्राउ गरेको
थियो । हतकडी लगाएको अवस्थामा बेहोस भएर ढलेका
बिकको मुहार भने उज्यालै थियो ।
युवतीमाथि एसिड फ्याकेपछि उनले आफ्नो बुआ
आमाआलाई आफू भारतीय सेनामा भर्ना हुन सिक्किमको
ग्यान्टोकमा रहेको भन्दै ढाँट्दै आएको खुलेको छ ।
एसिड आक्रमणबाट घाइते संगीता मगर बस्दै आएको
वसन्तपुर
क्षेत्रको घरमै यसअघि भाडामा बस्दै आएका बिकलाई
संगीता र उनको परिवारसँग बदला लिने उद्देश्यले घट्ना
गराएको पत्रकार सम्मेलनमा महानगरी
प्रहरी प्रमुख
एआईजी विज्ञान शर्माले जानकारी दिनुभयो
।
अनुसन्धानका क्रममा तपाईलाई कसैमाथि शंका छ भन्ने
प्रश्नमा संगीताले भनेकी थिइन्, माथिको दाई
म भन्दा
ठूलो थियो । तै पनि मलाई जिस्काइ राख्थ्यो । पछि
लागेर आउँथ्यो । उसको नाम जीवन हो । एभिन्यूज
टीभीलाई दिएको अन्तरवार्तामा उनले
जीवनले आफू
विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी
बजाउने गरेको र झगडा पनि भएको बताएकी छन् ।
मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । एसिड
आक्रमणको घटनासम्बन्धी छापिएका पत्रिकाहरु संकलन
गरेर बिकले कोठमा राखेको फेला परेको छ । घटना आफूले
गराएको बिकले स्विकार गरेको प्रहरीले जनाएको छ ।
संगीताकी आमाका अनुसार सुरुमा
जीवनले संगीता सहित
घरमा भएकाहरुलाई पढाउने भनेका थिए । केही दिन
पढेपछि
संगीताले जान मानिनन् । त्यसपछि जीवनले
बेलाबेला
संगीतालार्इ जिस्काउने गरेका थिए ।
फागुन १० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला
संगीता र
उनीहसँगै रहेकी सीमा
बस्नेतमाथि एसिड फालिएको
थियो । गम्भीर घाइते दुई जनै छात्रा उपचारकै क्रममा
अस्पतालमा भर्ना छिन् । दुवैजना बिहीबार सुरु भएको
एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेका
छन् ।
एसिड आक्रमणमा संगीता र सीमा बस्नेत
घाइते भएकी
छिन् । केएमसी अस्पतालमा उपचाररत
संगीताको अवस्था
केही गम्भीर छ । उनी
सहयोगीमार्फत एसएलसी
परीक्षा
दिइरहेकी छन् । वीर अस्पतालमा उपचाररत
सीमाले भने
आफैंले परीक्षा दिइरहेकी छन् ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 20, 2015
एसिड आक्रमणकारी पत्रकार सम्मेलनमै ढले ! ढले कि ढलेको नाटक ?भिडीयो सहित
Labels:
news,
world top news




0 comments: