Saturday, March 21, 2015

आजको राशिफल / वि.सं.२०७१ साल चैत ८ गते। आइतबार। २०१५ मार्च २२ तारिख।


आजको राशिफल / वि.सं.२०७१ साल चैत ८ गते।
आइतबार। २०१५ मार्च २२ तारिख।
==============================
==========================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो
साथ दिनेछन्। आत्म–विश्वास बढ्नेछ। विशिष्ट
व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन
रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने
योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।
कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन
हुने र नयाँ काम पाइने योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने
देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत
रहनुहोस्। दण्ड वा जरिवानामा परिने वा छर–
छिमेकमा असमझदारी बढ्ने योग छ, धैर्यले काम
लिनुहोला। तापनि, व्यापार–व्यवसाय र वैदेशिक
क्षेत्रबाट लाभ मिल्नेछ। काम वा बसाइमा
स्थानान्तरण पनि सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
हरेक काममा फाइदाको दिन छ। आम्दानीका नयाँ
स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुने समय
छ। पितृधनको सदुपयोगबाट विशेष लाभ हुनेछ। नयाँ
ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम
देखिए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम,
नाम, इनाम हात पार्ने बेला छ। श्रमको उचित
मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम
र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको
दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको
उपयोगबाट प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि
प्रशस्तै फाइदा हुनेछ। मातापिताको आशीर्वाद र
सहयोग प्राप्त होला। कीर्तिमानी काम सम्पादन
गरिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय
छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम
र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा
परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना
काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको
साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत
रहनुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
काममा केही चुनौती देखिनेछन्। तापनि, समयको
सदुपयोग हुनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्।
नसोचेको फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा
गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना
काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ,
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
दाम्पत्य जीवन आनन्दमय बन्नेछ। रमाइला ठाउँको
भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन
प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार–व्यवसाय
मा भने सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि
विवाद र केही समस्या आउलान्। अलि बाध्यताका
काममा जुट्नुपर्ला। आम्दानीको अनुपातमा खर्च
बढी गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio
:
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग
छ। अधिकारबाट वञ्चित भइएला। शत्रुहरूको चलखेल
बढ्नाले केही चुनौती सामना गर्नपर्ला।
प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ।
तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन
सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र
रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा
पनि विजयी भइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius
:
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ।
पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार
व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम
लिने समय छ। काममा अवरोध आउला। आफूलाई
कमजोर भएको अनुभूति हुनेछ। खानपानको
असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ ।
सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह,
सहयोगले फाइदा होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
Capricorn :
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा
भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी
बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न
सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि
बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ
उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य
लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ,
सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र
प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका
कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा
भने अलि कममात्र फाइदा होला। तापनि, प्रशस्त
धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धापछि प्रशस्त
फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
मान–सम्मान बढ्नेछ। प्रयत्न गर्दा बोलीको भरमा
काम सम्पादन हुने योग छ। अभिव्यक्तिले धेरैलाई
आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले
काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ।
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका
काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ।
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top