चैत्र १ – मोरङ वेलबारीका सुरेश नेपाल दक्षिण
कोरियामा शुक्रवार
रुखमा झुण्डिएको अवस्थामा भेटिए ।
कोरियाको छंजुस्थित गाई फार्ममा कार्यरत २३
वर्षका नेपालले आत्महत्या गरेको हुन सक्ने
प्रहरीको प्रारम्भीक अनुसन्धान छ ।
गत फेब्रुअरी २० मा झापा जिल्ला धुलावारी ६
का छविलाल भण्डारीले पनि कोरियामा रुखमा नै
झुण्डिएर आत्महत्या गरेका थिए भने त्यसको १५ दिन
पहिला खोटाङ मौवाबोटका जयकुमार राईले
विजुलीको पोलमा झुण्डिएर आत्महत्या गरेका थिए
।
यी त कोरियामा हुने आत्महत्याका केहि उदाहरण
हुन् । पछिल्लो साढे २ महिनामा कोरियामा ज्यान
गुमाउने ५ जनामा ३ जनाले आत्महत्या गरेका छन् ।
२०१४ मा ८ जना नेपालीको मृत्यु भएकोमा २ जनाले
आत्महत्या गरेका थिए । सन् २००७
मा नेपाली दुतावास स्थापना भएपछि दक्षिण
कोरियमा हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
जसमध्ये २७ जनाले आत्महत्या गरेका छन् । दुतावास
स्थापना हुनुअघि झण्डै डेढसय जनाले ज्यान
गुमाएको हुन सक्ने कोरियामा कार्यरत नेपाली संघ
संस्थाका प्रतिनिधिको भनाई छ । तर एकिन
तथ्यांक कतै पनि पाइँदैन । ती मध्ये कतिपय
नेपालीको मृत्युको कारण अझै पनि खुल्न सकेको छैन ।
सन् २०१२ को सेप्टेम्बरमा कोरियन नागरिक
पार्किसोनको अध्यक्षताका बनाईएको पाँच सय
सदस्यीय अध्ययन समितिले कोरियामा हुने
मृत्युको कारण खोतल्ने प्रयास गर्दै आएको छ । तर
पनि आत्महत्या घट्नुको साटो बढ्दै गएको छ ।
दक्षिण कोरियामा हुने
नेपाली नागरिकको मृत्युको कारणबारे अध्ययन गर्न
बनाईएको समितिका सदस्य तथा रहेका मोरङ
डायनामिकका अध्यक्ष देवी वस्नेत
भाषाको समस्या, कामको प्रकृतिबारे
जानकारी नहुनु, सांस्कृतिक फरकपन, मनोवैज्ञानिक
शिक्षाको कमीलगायतका कारणले
कोरियामा आत्महत्या बढेको बताउनुहुन्छ ।
शारीरिक काम, खानपिन र कामको प्रकृतिमा फरक
हुनु, आजिवन निको नहुने रोग, कम्पनी र पारिवारिक
तनावले गर्दा व्यक्तिमा बढ्ने डिप्रेशनलाई
पनि आत्महत्या बढनुको कारण मानेको छ समितिले ।
समितिका सदस्य पत्रकार महासंघ दक्षिण
कोरियाका अध्यक्ष अशोक मैनालीले अध्ययन
समितिको रिपोर्टमा देखिएका आधारहरुलाई
मध्यनगर गरी समाधानको उपाय खोजेर
क्षति न्युनिकरण गर्न तर्फ लाग्नुपर्ने बताउनुहुन्छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Sunday, March 15, 2015
कोरियामा ७३ को मृत्यु, २७ जनाको आत्महत्या
Labels:
world top news




0 comments: