आजको राशिफल , वि.सं.२०७२ साल जेढ ११ गते। सोमबार।२०१५
मई २५ तारिख।
==============================
=======================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
तत्काललाई हानि भए पनि आजको निर्णयले पछिलाई
फाइदा पुग्नेछ। समस्या सुझाएपछि मात्र साथीभाइको
मद्दत पाइएला। परिवारजनमा असमझदारी बढ्न सक्छ।
द्विविधा बढ्नाले अलमलमा परिएला। दिउँसो १:१३ बजेपछि स्थितिमा
सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विगतका
कमजोरीलाई
सुधार्न सकिनेछ। बौद्धिक तथा रचनात्मक काममा समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मध्याह्नसम्म उत्साहजनक समय छ। विगतको सफलताले
आत्मबल बढ्नुका साथै ठूलै काम आँट्ने हौसला मिल्नेछ।
सहयोगीहरूले साथ दिनेछन्। आम्दानीका
स्रोत पनि
प्रशस्तै देखिनेछन्। तर, दिउँसो १:१३ बजेपछि परिस्थितिले
साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पु¥याउनेहरू सक्रिय
हुनेछन्।
पारिवारिक झमेला र विवादको पनि योग छ। महत्वाकांक्षी
योजना
गोप्य राख्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
उत्साहसाथ नयाँ योजना सुरु गर्ने समय छ। तर, परिस्थिति
संघर्षमय देखिन्छ। बोलीको गलत सन्देश प्रवाहित
हुन सक्छ।
मानहानि गर्नेहरू सक्रिय रहनेछन्। लेनदेनले शत्रुतासम्म
निम्त्याउने देखिन्छ, सचेत रहनुहोस्। अपराह्नदेखि
परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन्। नयाँ काम सुरु
होला।
प्रशस्त धन आर्जन गर्ने मौका छ। सहयोगीहरूले
पनि राम्रो साथ दिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
प्रतिष्ठित काम गर्ने मौका छ। तर, राम्रै अवसर आए पनि
आत्तिने बानीले अरूको विश्वास जित्न नसकिएला।
धैर्यसाथ काममा जुट्नुपर्ने समय छ। मध्याह्नपछि निर्णायक
क्षमता सबल बन्नेछ। पारिवारिक जमघटका बीच
स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ।
बोलीको
भरमा काम बन्नेछ। विचारले अरूलाई आकर्षण गर्न सकिनेछ।
मानसम्मान पनि
पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
काममा लगानी बढाउनुपर्ला। खर्चको मात्रा बढ्नेछ।
यात्राको व्यवस्थापन र तपाईंका सोख परिपूर्तिमा पनि
सञ्चित रकम खर्च होला। तर, केही विलम्ब भए पनि
काम
भने बन्नेछ। मध्याह्नपछि परिस्थितिले साथ दिनेछ।
आत्मीयजनसँग भेटघाट होला।
सहयोगीहरू जुटिदिनाले कामबाट फुर्सद
मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नुका साथै नयाँ काम पाइने
योग
छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रशस्त फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। उठ्नुपर्ने
रकम हातलागी हुनुका साथै मनग्ये
आम्दानी हुनेछ। श्रमको
समुचित मूल्यांकन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला
पर्नेछन्। दिउँसो १:१३ बजेपछि अलि खर्च बढ्ने देखिन्छ।
लगानी गरेपछि मात्र प्रतिफल पाइनेछ। अरूको भरण–
पोषणमा खर्च होला।
तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउने समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित
काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने
समय छ। अपराह्नबाट प्रशस्त लाभ मिल्नेछ। आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र
पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुने समय
छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक
उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र
जिम्मेवारी
हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व
हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।
कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ।
सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बन्नुका साथै
मनग्ये फाइदा हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
लामो समयसम्म सामान्य काममै अल्झनुपर्ला। स्वास्थ्य
पनि कमजोर रहनेछ। तपाईंका कमजोरी खोतल्नेहरू
सक्रिय
हुनेछन्। बाध्यतावश इच्छाविपरीतका काममा जुट्नुपर्ला।
अपराह्नदेखि स्थितिमा सुधार आउला। सामाजिक
जिम्मेवारी हात पार्न सकिनेछ। धार्मिक तथा
परोपकारजन्य काम बन्नेछन्।
सहयोगीहरूको साथ दिनेछन्। काममा भने आंशिक मात्र
सफलता मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
Capricorn : पूर्वाह्न समय उत्साहपूर्ण रहला। रमाइलो
भ्रमण गर्ने मौका
छ। व्यापारमा उल्लेख्य फाइदा हुनेछ। आतिथ्यपूर्ण
सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
अपराह्नदेखि भने आम्दानीको अनुपातमा धेरै खर्च
गर्नुपर्ला। विगतका
समस्या बल्झने सम्भावना छ। स्वास्थ्यमा पनि कमजोरी
महसुस हुनेछ।
उपचारमा समेत खर्च होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा
होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
कामका चुनौतीहरूलाई सजिलै पार लगाउन सकिनेछ।
अवसरको खोजीमा लामो यात्रा हुन सक्छ। तर, आफ्नो
अधिकार संरक्षण गर्न जुट्नुपर्नेछ। मुद्दामामिलामा
विजयी भइएला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ।
अपराह्नबाट व्यापार–व्यवसायमा विशेष लाभ होला। व्यावसायिक
यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ। प्रेम र
मित्रताको
बन्धन कसिने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
टाउको दुख्ने वा आँखासम्बन्धी कमजोरीले
सताउन सक्छ।
तापनि दिन उत्साहपूर्ण रहनेछ। सुखद समाचारले
भविष्यप्रति आशा जाग्नेछ। गरेका काममा फाइदै हुनेछ।
पढाइलेखाइमा समय दिन नसकिए पनि बौद्धिक
प्रतिस्पर्धामा विजयी भइनेछ। अपराह्नपछि स्वास्थ्य
सबल बन्नुका साथै
काममा लगाव बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै काममा
फाइदा उठाउन
सकिनेछ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Monday, March 30, 2015
आजको राशिफल , वि.सं.२०७२ साल जेढ ११ गते। सोमबार।२०१५ मई २५ तारिख।
Labels:
राशिफल




0 comments: