धादिङ : मलेसियामा रोजगारीका क्रममा एक
वर्षअघि देखि हराएकाभ धादिङको कुम्पुर गाउँ
विकास समिति–८ का दिलबहादुर श्रेष्ठ भेटिएका
छन् । चार वर्षअघि रोजगारीका लागि मलेसिया
पुगेका उनी एक वर्षदेखि हराएपछि घरमा रुवाबासी
चलेको थियो ।
मलेसियामा दिलबहादुर वेपत्ता भएको समाचार
अन्नपुर्णपोष्ट डट कम र अन्नपूर्ण पोस्ट् दैनिकमा
छापिएपछि मलेसियामा रहेका नेपालीले उनको
खोजी थालेका थिए । मलेसियामा रहेका अन्य
नेपालीले दिलबहादुरको खोजी गरेर धादिङस्थित
घरमा सम्पर्क गराएपछि उनको परिवारमा
खुसियाली छाएको छ ।
मलेसियामा एक वर्षदेखि छोरो बेपत्ता, आमा घरमा
छिनछिनमा बेहोस’ शीर्षकको समाचार पढेपछि
मलेसियामा रहेका धादिङको नलाङका दीपक गुरुङ
र बाँकेका टोपेन्द्र कार्कीले उनी आफूहरुसँगै
कम्पनीमा काम गरिरहेको जानकारी दिएको
सुरक्षित आप्रवासन (सामी) जिल्ला परियोजना
संयोजक कमल रोकायले बताए ।
मलेसियामा पुगेर पैसा कमाउन नसकेपछि उनी
परिवारको सम्पर्कबाट बाहिर गएको उनका
साथीहरुले जानकारी दिएका छन् ।
छोरो सम्पर्कमा आएपछि आमा लालमाया पनि
खुसी भएकी छिन । ‘छोराको अत्तोपत्तो नहुँदा
साह्रै पिर परेको थियो’, अन्नपूर्णसँगको टेलिफोन
कुराकानीमा उनले भनिन्, ‘अहिले फोनबाट सम्पर्क
गरेको छ, छोरासँग बोल्न पाउँदा साह्रै खुसी
लागेको छ ।’
दिलबहादुरले काम गर्न कम्पनीमा जाँदा मोबाइल
पनि हराएको र आफू पनि विरामी भएकाले फोन
नगरेको बताएकोे बताएको लालमायाले बताइन् ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Thursday, March 19, 2015
मलेसियामा हराएको छोरो भेटिएपछि आमा हर्षित
Labels:
news




0 comments: