Wednesday, March 4, 2015

दुनियाँको सबैभन्दा खतरनाक टनेल : हथौडाको भरमा बनाइएको मोटरबाटो

एजेन्सी । चीनमा पत्याउनै नसकिने
पहाडमा समेत गाडी गुडाइएको छ । त्यस्तै चर्चित
पहाडको सुरुङ मार्ग हो गुओलियाङ टनेल ।
यो दुनियाँको सबैभन्दा खतरनाक टनेल मध्ये एक हो ।
आज भन्दा ४० वर्ष अघि यहाँको जीवन निक्कै कठिन
थियो । यहाँको यात्रा अनुमान गर्न नसकिने स्तरमा कठिन थियो ।
यो टनेलको निर्माण सन् १९७२ मा भएको थियो । चालीस
वर्ष अघि यहाँ पैदल हिँड्ने कल्पना समेत गर्न सकिन्नथ्यो ।
अहिले यो टनेलले हुइक्सियान, झिनझियाङ, हेनान प्रान्तका गाउँलाई
जोड्छ । यो टनेल बन्नु अघि पैदल हिँड्नेले पनि ७२० वटा पहाड पार
गर्नु पर्थ्यो ।
सिँडी बनाएर बनाइएको बाटो निक्कै खतरनाक थियो ।
यही कष्टलाई पार गर्न गाउँका मानिसहरुले
पहाडमा सुरुङ मार्ग खन्ने निर्णय गरे ।
त्यतिबेलाका गाउँका मुखिया शेन मिङजिङले आफ्ना बाख्रा र अन्य
चौपाया बेचेर हथौडा र कोदाला किनेका थिए ।
१३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल
खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो ।
यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग
भएका थिए ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top