तनहुँ: शिक्षकले लात्ती प्रहार गर्दा एक
विद्यार्थीको अस्पताल भर्ना भएका छन् ।
तनहुँको पुट्टार स्थित श्री कृष्ण उच्च
माविका शिक्षक नारायण मल्लले
कक्षा ८ मा अध्ययनरत १७ बर्षिय राजेन्द्र विकलाई
लात
हान्दा बायाँ खुट्टा भाँचिएको आशंका गरिएको छ
।
‘शौचालयबाट फर्कंदै थिएँ,’ अस्पतालबाट
अन्नपूर्णसंगको टेलिफोन कुराकानीमा विकले भने,
‘बल प्रहार गर्दा बाहिर गयो भनेर पहिले
ढाडमा मुड्की प्रहार गर्नुभयो । फेरि लात्तीले
हानेपछि लडें ।’ उनले ढाड दुखेको र खुट्टा पनि निकै
दुखेको बताएपछि अभिभावकले
उपचारका लागि फेवा सिटी पुर्याएका थिए ।
चिकित्सकले खुट्टा भाँचिएको आशंका गरेको र
भिडियो एक्सरे गर्नु पर्ने बताएको विकले बताए ।
(i)
शिक्षक नारायण मल्लले कुटपिट
गरेको स्विकारेका छन् । ‘हामी भलिबल
खेलिरहेका थियौं, ’उनले भने, ‘उसले बल
विद्यालयबाहिर प्रहार गरे पछि आवेगमा आएर
कुटेको हुँ ।’ उनले आफुले कुनै पूर्वाग्रह नराखेको तर
गल्ती भने महसुस भएको बताए । ‘हामीलाई इन्सल्ट
गरेजस्तो लागेर कुटियो । तर अहिले पछुतो लागेको छ
।’ उनले भने ।
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद
अधिकारीले विद्यार्थीलाई कुटपिट गर्न नपाइने
बताए । ‘बालमैत्री योजना बनाएर हरेक
विद्यालयमा पठाएका छौं ।’ उनले भने, ‘कुटपिट गर्ने
शिक्षकलाई स्पष्टीकरणका लागि भनेका छौं ।’
स्पष्टीकरण र घटनाको स्थिती बुझेर
कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
शिक्षकले लात हानेपछि विद्यार्थी अस्पतालमा
Labels:
news




0 comments: