धादिङ, फाल्गुन २५ । धादिङको पीडा गाउँ
विकास समितिको वडा नम्बर–८
पुकुनमा विष
मिसिएको गहुँको रोटी खाँदा एकै
परिवारका ६ जनाको मृत्यु भएको छ भने ११
जना गाउँले बिरामी परेका छन् ।
मृत्यु हुनेहरुमा ६२ वर्षीय सञ्जबहादुर
स्याङ्तान, उनकी बुहारी फूलमाया, ७ वर्षीय
नातिनी सविता, नातीहरु ५ वर्षीय रमेश, ५
वर्षीय अर्जुन र २ वर्षीय अनिल स्याङ्तान
रहेका छन् ।
रोटी खाएपछि बिरामी परेका ३
जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु
भएको हो भने अन्यको घरमै मृत्यु भएको हो ।
बीउका लागि राखिएको गहुँ पिसेर
रोटी खाँदा सो घटना भएको हो ।
किरा लाग्नबाट जोगाउन बीउमा विष
हालेर राखिएकोमा सोही गहुँ पिसेर
खाँदा गाउलेहरुको अकालमा ज्यान
गएको हो । यद्यपि, विषादी हालेको गहुँ
पखालेर घट्टमा पिस्न लगेको बताइएको छ ।
गहुँ पिसेको ज्यालाबापत
पिठो लिएका घट्ट मालिक तिलकबहादुर
दोङ र उनको परिवारका ४ जना, उनका दाइ
रिबहादुर दोङ र ६
छिमेकी रोटी खाएपछि बिरामी परेका छन् ।
उनीहरुको गजुरी अस्पतालमा उपचार
भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Monday, March 9, 2015
विष मिसिएको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु, ११ बिरामी
Labels:
news




0 comments: