जापानमा यन्त्र ( मेसिन) बनाउने एक कम्पनीले
शुक्रबार विनातारको विजुली निकालेको दाबी
गरेको छ । मित्सुबिसी हेवी इन्डस्ट्रिज
नामक उक्त कम्पनीले अन्तरिक्षमा नै सौर्य ऊर्जा
उत्पादन गर्न सकिने बताउँदै तारविहीन रूपमा ऊर्जा
प्रवाह गर्न सफलता प्राप्त गरेको दाबी गरेको हो ।
यस कम्पनीले परम्परागत खाना पकाउने उपकरण
सञ्चालन गर्न पर्याप्त १० किलोवाट ऊर्जा प्रवाह गर्न
माइक्रोवेभ प्रविधि उपयोग गर्न सफलता प्राप्त गरेको
जानकारी दिएको छ । यस प्रविधिमा ५०० मिटर पर
रहेको खाना पकाउने उपकरण सञ्चालन गर्न
तारविहीन रूपमा हावामै ऊर्जा प्राप्त भएको थियो ।
यस्तै जापान एयरोस्पेस एजेन्सी ( जाक्सा ) का अनुसार
वैज्ञानिकहरूले एउटा विद्युतीय किटलीमा
पानी तताउन १ सय ७० फिट पर रहेको माइक्रो वेभबाट
१ दशमलव ८ किलोवाट बिजुली हावामा प्रसार गर्न
सफल भएका थिए । माइक्रो वेभको प्रयोग गरी बिल्कुल
सानो निसानामा करिब दुई किलोवाट विद्युतीय ऊर्जा प्रसारण
गरेको यो पहिलो पटक हो ।
अन्तरिक्षमा व्यापक रूपमा उपलब्ध सौर्य उर्जा सङ्कलन
गरी पृथ्वीमा प्रयोगका लागि पठाउने
तारविहीन उर्जा प्रसारण प्रविधिको विकासमा हाल
वैज्ञानिकहरू क्रियाशील रहेको बताइएको छ ।
मित्सुबिसीको अनुसन्धानमा उपयोग भएको
दुरी लामो नभए पनि यसले मानवलाई अन्तरिक्षमा
उपलब्ध व्यापक सौर्य ऊर्जा प्राप्त गर्न मार्ग खुला गर्ने अनुमान
गरिएको छ ।
जाक्साले १ .८ किलोवाट ऊर्जा तारविहीन रूपमा प्रसारण
गर्न सफलता प्राप्त गरेको घोषणा गरेपछि मित्सुबिसीले
शुक्रबार उक्त घोषणा गरेको हो । यसबीच
स्विजरल्यान्डको सौर्य ऊर्जाबाट सञ्चालित एक विमानले
पृथ्वीको परिक्रमा गर्ने प्रयासको रूपमा उडानको नयाँ
कीर्तिमान कायम गरेको छ ।
स्रोतको कमी रहेको जापानमा सन् २०११ मा फुकुसिमा
आणविक सङ्कटपछि पारमाणविक संयन्त्रहरू बन्द भएपछि
ऊर्जाको ठूलो कमी हटाउन वैज्ञानिकहरूले नयाँ उपाय
खोजी गरिरहेका छन् । उक्त दुर्घटनाका कारण टोकियो
यहाँको बत्ती बाल्न वैकल्पिक महङ्गो जैविक इन्धन
उपयोग गर्न वाध्य भएको थियो ।
मित्सुविसीले शुक्रबार एक विज्ञप्ति प्रकाशन
गरी आफ्नो परीक्षणले
तारविहीन ऊर्जा प्रसारणको व्यापारिक सम्भावना
प्रदर्शन गरेको छ । अन्तरिक्षमा ऊर्जा उत्पादनले
पृथ्वीलाई उर्जाको स्थायी स्रोत उपलब्ध
गराउँछ र त्यस्तो आपूर्तिलाई मौसम तथा समयले प्रभाव पार्दैन ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ( इन्टरनेसनल स्पेस स्टेसन )
जस्ता मानवले बनाएको भूउपग्रहले लामो समयसम्म सूर्यबाट प्राप्त
भएको ऊर्जा प्रयोग गरिरहेको छ ।
यसै गरी यस्तो ऊर्जा पृथ्वीमा पनि प्राप्त
गर्ने कुरा वैज्ञानिक कल्पनाको भाग बनेको थियो ।
जापानी यस अनुसन्धानले मानवले एक दिन
अन्तरिक्षबाट कहिल्यै नसकिने उर्जा प्राप्त गर्न सफलता प्राप्त
गर्नेछ भन्ने सङ्केत दिएको छ । यसका लागि वर्षौं लाग्न सक्छ र
सम्भव छ यस्तो नयाँ प्रविधिको व्यापारीकरण सन् २०४०
को दशकमा मात्र सफल देख्न सकियोस् ।
वर्षौंसम्म जापानको अन्तरिक्ष संस्थाले अन्तरिक्ष सौर्य ऊर्जा
प्रणाली विकास गर्न प्रयास गरिरहेको छ । यस
प्रणालीमा पृथ्वीबाट ३६ हजार किलोमिटर
माथि माइक्रोवेभ प्रसारण सौर्य भूउपग्रह स्थापना गरिनेछ ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley




0 comments: