Monday, March 9, 2015

थाप्लोमा नाम्लो हटे परिवार मर्छ....

अन्तर्राष्ट्रिय नारी दिवसका दिन आइतबार
सिपाडोलस्थित
महेश्वरी इँटाभट्टामा भारी बोक्दै किशोरीहरू
। तस्बिरः लीला/कान्तिपुर
भक्तपुर, फाल्गुन २५ - तुलसीपुर, दाङकी ४०
वर्षीया चैतेमाया गिरी सिपाडोलस्थित
महेश्वरी इँटाभट्टामा इँटा बोक्ने र बनाउने काम
गर्छिन् । मुलुकमा १०५ औं अन्तर्राष्ट्रिय
महिला दिवस
मनाइरहँदा चैतेमायाजस्ता महिलालाई कामकै
चटारो थिायो । सरकारले महिला दिवस भनेर
आइतबार सार्वजनिक बिदा दिएको थियो । तर,
उनीहरूलाई न दिवसबारे थाहा छ, न त सार्वजनिक
बिदा भन्ने जानकारी छ ।
'के हो महिला दिवस ?,' उनले भनिन्, 'खै दिवसले के
गर्छ, केही थाहा छैन ।' बेमौसमी वर्षाले
धुल्याएको इँटा पन्छाउने र नयाँ बनाउने
काममा लागेका श्रमिक महिलालाई एउटै कुराले
चिन्तित तुल्याएको छ- वर्षाले
बिगारेको इँटाको कमाइ कति कट्ने हो ?
मौसमी वर्षाले
बिगि्रएको काँचो इँटाको क्षतिपूर्ति आफूहरूले नै
बेहोर्नुपरेको मजदुरहरूको गुनासो छ । '४ दिन
लगातार परेको पानीले
हजारौं काँचो इँटा बिगारेको छ,'
काभ्रेकी माया तामाङले गुनासो गरिन्,
'त्यसको क्षतिपूर्ति हामीले नै तिर्नुपर्छ ।'
'हाम्रो परिश्रमका बारेमा बोल्ने को ?,' उनले
प्रश्न गरिन् ।
राजधानीमा महिलावादी संघसंस्था,
सरकारी निकायले यिनै मजदुर
महिलाका विषयमा छलफल, गोष्ठी, सेमिनार,
र्याली गरे । इँटाभट्टाका महिलालाई
आफ्नो पाखुरीको कमाइबाहेक अरू
केहीमा विश्वास छैन ।
'हाम्रो श्रमको विषयमा कुनै पनि संघसंस्थाले
कुरा उठाएको थाहा छैन,' हेटौंडाकी ३०
वर्षीया सुन्तली विकले भनिन्, 'हामी दिनरात
मरेर काम गर्छौं, इँटाभट्टाको क्षतिपूर्तिसमेत
हामीले पूर्ति गर्नुपर्छ । हाम्रो विषयमा बोल्ने
को ?'
महिला मजदुरहरूले काम गर्ने वातावरण बनाइदिन
सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
'हाम्रो श्रमको कदर हुनुपर्यो,'
दुवाकोटको बालुवा खानीमा कार्यरत
शर्मिला तामाङले भनिन्, 'हामीलाई कुनै दिवस र
अवसर चाहिँदैन, काम गर्न दिनुहोस् ।' यसैबीच
इँटाभट्टा व्यवसायी संघले
अघिल्लो वर्षजस्तो मजदुरलाई
क्षतिपूर्ति तिराउन नलगाउने प्रतिबद्धता व्यक्त
गरेका छन् । 'अघिल्ला वर्षहरूमा मजदुर र
व्यवसायीले २५/२५ प्रतिशत
क्षतिपूर्ति भरेका थिए,' भक्तपुर
इँटाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ
हेङजुले भने, 'यस वर्ष व्यवसायीले नै बेहोर्ने छन्,
मजदुरले तिर्नु पर्दैन ।'

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top