Sunday, March 15, 2015

आजको राशिफल


आजको राशिफल / वि.सं.२०७१ साल चैत २ गते। सोमबार।२०१५ मार्च
१६ तारिख।
==============================
=========================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
व्यापारमा फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त
लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व
हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई
प्रभावित पारेर काम लिन सकिनेछ। तर, प्रतिष्ठित काम र
पदको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्। बहालवालाहरूबाट
पनि सचेत रहनुहोला। पढाइलेखाइमा समय दिन नसकिएला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन
गर्ने वा तीर्थाटनको योग छ। पढाइमा पनि राम्रै
प्रगति हुनेछ। भाग्योन्नतिको समय छ।
केही अस्वस्थता अनुभूति हुनेछ।
जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला।
समयमा काम पूरा नहुन सक्छ। तापनि, नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ। धर्म र परोपकारमा मन
जानेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
कठिन चुनौती सामना गर्नुपर्ला। तापनि,
अप्ठ्यारो परिस्थितिमा समेत केही काम बन्नेछन्। प्रयत्न
गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले
काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त
हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम
र घरेलु समस्यामा अल्झनुपर्ला।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै
बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।
रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला। दिन
फुर्सदिलो र मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
व्यापार–व्यवसायमा विशेष लाभ उठाउन सकिनेछ। दाम्पत्य
जीवन सुखद तथा समृद्ध बन्ने समय छ। मित्रता र
प्रेमको बन्धन पनि कसिने बेला छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा
पनि विजयी भइनेछ। काममा राम्रै फाइदा होला। प्रशस्त
धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर,
अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला।
केही चुनौती आइलाग्न सक्छन्। तापनि,
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला।
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पारिवारिक असमझदारीले काममा विलम्ब हुन सक्छ।
प्रयत्न गर्दा बिस्तारै आँटेका काम भने बन्नेछन्। सन्तान
वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले
फाइदा होला। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। महत्वपूर्ण
काम र पढाइलेखाइमा पनि त्यति ध्यान दिन नसकिएला।
केही कमजोरी अनुभूति हुनेछ।
खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
महत्वाकांक्षी योजना फलीभूत होलान्।
काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ।
नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने
समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच
आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने
समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार
गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ हुनेछ।
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। पुरानो समस्याले भने
केही झमेला आइलाग्न सक्छ। पारिवारिक
असमझदारी बढ्नाले विशेष योजना रोकिन सक्छन्।
कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। सहयोगीहरूले हात
झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धनमध्ये
केही अंश खर्चनुपर्ला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
काममा केही विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक
क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। तापनि, प्रयत्न
गर्दा व्यावसायिक काममा नियमित फाइदा भने भइरहनेछ। अनावश्यक
वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न
बुद्धिमानी हुनेछ। प्रशंसकहरूले
पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ,
सचेत रहनुहोला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द
मिल्नेछ। सहयोगीहरूले आँटेका काममा राम्रो साथ दिनेछन्।
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। विशेष भेटघाट र
विभिन्न उपहार हातलागी हुने समय छ। आत्म–
विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। स्वास्थ्यमा आरोग्य
बढ्नुका साथै कामबाट फुर्सद मिल्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
केही चुनौतीपूर्ण काममा हात हाल्नुपर्ला।
आफन्तजनबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने
मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने
काममा लगानी गर्ने मौका छ। छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ।
अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
समय उत्साहजनक रहनेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ।
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ
नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पितृधनको उपयोगबाट
विशेष फाइदा उठाउन सकिनेछ। —

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top