Monday, March 9, 2015

साहरुख खान काठमाडौंमा (फोटो फिचर)

काठमाडौं, फाल्गुन २५ - बलिउड अभिनेता साहरुख खान
काठमाडौं आएका छन् । कान्साई नेरोल्याक
पेन्ट्सको कार्यक्रममा भाग लिन खान सोमबार
दिउँसो काठमाडौं आएका हुन् ।
निजी विमानबाट दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय
विमानस्थल उत्रेका साहरुख एक रात काठमाडौंमा नै बस्नेछन् ।
उनी कान्साई नेरोल्याक
पेन्ट्सको वातावरणमैत्री अभियानमा सहभागी हुनेछन्

साहरुख नेरोल्याक पेन्ट्सका ब्रान्ड एम्बासडर हुन् ।
साहरुख खान विमानस्थल उत्रंदा सुरक्षा कडा बनाइएको थियो ।
विमानस्थलदेखि ह्यात होटलसम्म प्रहरीले
स्कर्टिङ गरेको थियो ।
साहरुखको गत दसैंमा नै नेपाल आउने कार्यक्रम अन्तिम
समयमा रद्द भएको थियो ।
काठमाडौं उत्रेलगत्तै ट्विट गर्दै साहरुखले आफू निकै
खुसी र आनन्दित भएको बताएका छन् ।
Via:ekantipur

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top