Sunday, March 15, 2015

एसिड प्रहारबाट घाइते संगीता र सीमाले एसएलसी दिन पाउने


दियु पौडेल
काठमाडौ, चैत्र १ - एसिड प्रहारबाट घाइते
भएकी संगीता मगर र
सीमा बस्नेतले सहायक राखेर
एसएलसीको परीक्षा दिन पाउने
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले
व्यवस्था गरेको छ ।
बस्नेत र मगर परीक्षाका लागि बोल्न सक्ने
भएमा उनीहरुले सहायक मार्फत
एसएलसी परीक्षा दिन पाउने
भएका हुन् ।
एसएलसी तयारीका लागि ट्यूसन
पढिरहेका बेला गत फागुन १० गते रामेछाप घर
भएकी १६ बर्षीया संगिता मगर र
रौतहट घर भएकी भिमसेनस्थान बस्ने १५
बर्षीया सीमा बस्नेतलालाई एसिड प्रहार
गरिएको थियो ।
मगरको सिनामंगल स्थित मेडिकल कलेज र
बस्नेतको वीर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दृष्टिवीहिन
परीक्षार्थीहरुका लागि पनि कक्षा ९
मा अध्ययनरतलाई सहायक राखेर परीक्षा दिने
व्यवस्था गरेको छ । यसअघि कक्षा ८ मा अध्ययनरतलाई
सहायकका रुपमा राख्न पाउने
व्यवस्था मिलाएको परीक्षा नियन्त्रक विष्णु द्वारेले
जानकारी दिएका छन् ।
यसवर्षको एसएलसी परीक्षा चैत्र ५
गतेदेखि १६ गते सम्म संचालन हुनेछ । नियमित तर्फ ४ लाख
२६ हजार २ सय १४ जना र एक्जाम्टेड तर्फ १ लाख ४५
हजार १सय८३
जना परीक्षार्थी रहेका छन् । १८६२
केन्द्र रहेको छ भने परीक्षा बिहान ८
बजेदेखि ११ बजेसम्म हुनेछ ।

0 comments:


© 2014 Gaubesi khabar. Designed by Bloggertheme9 | Published By Gooyaabi Templates
Powered by Blogger.
back to top