दियु पौडेल
क्वालालम्पुर, फाल्गुन २९ - कम्पनी बन्द
भएपछि मलेसियामा अलपत्र २५
जना नेपाली युवा शुक्रबार स्वदेश फर्कंदै छन् ।
जोहोरबारु स्थित एक गेम्बलिङ
कम्पनी (मिनी क्यासिनो) अचानक बन्द
भएपछि अलपत्र परेका उनीहरुको डेढ
महिनाअघि जागिर गुमेको थियो ।
रोजगारीका क्रममा एकबर्षअघि देखि त्यहाँ कार्यरत
उनीहरुलाई कम्पनी व्यवस्थापनले
शुक्रबार नेपाल फर्काउन लागेको पीडित कामदारले
बताए ।
दैनिक ५० हजार रिंगिट बराबरको व्यापार हुंदै आएको उक्त
कम्पनी कानुनी समस्याका कारण बन्द
भएको कामदारहरु ठान्दछन् । उनीहरुका अनुसार
त्यहाँ कार्यरत करिब दुई सय नेपालीमध्ये
यसअघि पटक पटक गरी डेढसय
नेपाली जागिर गुमेपछि स्वदेश फिरेका थिए ।
उनीहरुलाई सरकारी अनुमतिभन्दा बेग्लै
कम्पनीमा काम (कन्ट्रयाक) मा लगाइएको थियो ।
'कम्पनी बन्द भएपछि हामी २५
जना शुक्रबार नेपाल र्फकदै छौ ।' पीडित
मध्येका एक चितवनका धीरेन्द्र राईले
बिहीबार कान्तिपुरसं टेलिफोन सम्पर्कमा भने
'हामीलाई सम्झौता गरिएभन्दा बेग्लै
कम्पनीमा काममा लगाइएको थियो । पटक पटक
समस्या देखिएपछि यसअघि नै डेढसय साथीहरु
फर्कीसके ।'
अर्का पीडित सन्तोष देउजाका अनुसार
सबैजना आफ्नै खर्चमा स्वदेश फिर्न लागेका हुन् ।
अधिकांशको शुक्रबारसम्म मात्रै भिसा छ । 'हामी सबै
आफ्नै खर्चमा र्फकन लागेका हौं । कम्पनीले
कुनैपनि क्षतिपूर्ति दिएन ।' उनले भने 'न त अन्यत्र काम नै
मिल्यो, बरु उल्टै ३ हजार ६ सय प्रतिव्यक्तिका दरले रकम
मागेको थियो तर हामीले दिएनौं ।' नेपाल
फिरेपछि क्षतिपूर्ति माग गर्दै आवश्यक प्रक्रिया अपनाइने
पीडितहरुले बताए ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Friday, March 13, 2015
मलेसियामा अलपत्र २५ नेपाली स्वदेश फर्कंदै:-
Labels:
news,
world top news




0 comments: