अर्जेन्टिना, फाल्गुन २६ -
अर्जेन्टिनामा भएको हेलिकप्टर दुर्घटनामा तीन
फ्रान्सेली खेलाडीसहित १० जनाको मृत्यु
भएको छ । अर्जेन्टिनाको उत्तरपश्चिम
क्षेत्रमा पर्ने रियोजा राज्यमा भएको हेलिकप्टर
दुर्घटनामा दुई अर्जेन्टिनी पाइलटसहित ८
जना फ्रान्सेली नागरिकको मृत्यु भएको फ्रान्सले
पुष्टि गरेको छ ।
पानीजहाज चालिका फ्लोरेन्स अर्थोड,
ओलम्पिक पदक विजेता लिएकी पौडीवाज
कामिली मुफाट र ओलम्पिकमा खेलेका वक्सर
एलेक्सीस भास्टिनको मृत्यु भएको हो । एक
टीभी कार्यक्रमको सुटिङको क्रममा हेलिकप्टर
दुर्घटना भएको हो ।
५७ वर्षीय अर्थोड फ्रान्सकी चर्चित पानीजहाज
चालिका हुन् जसल सन् १९९० को रुट डु रुम
जितेकी थिइन् । २५ वर्षीया मुफाटले एक
स्वर्णसहित ओलम्पिकमा तीन पदक जितेकी छन् ।
त्यस्तै, २८ वर्षीय भास्टिन सन् २००८ को वेइजिङ
ओलम्पिकमा पदक कास्य पदक विजेता हुन् ।
अर्जेन्टिनाका स्थानीय अधिकारीका अनुसार
दुर्घटनास्थल राजधानी व्यूनो आयर्सबाट एकहजार
एकसय ७० किलोमिटर टाढा छ ।
हेलिकप्टरमार्फत चर्चित
सेलिब्रेटी शो ड्रप्टको सुटिङ हुँदै थियो । उक्त
शोमा सेलिब्रेटीहरुलाई
नौलो स्थानमा हेलिकप्टरबाट झारेर उनीहरुल
खाना र बासको लागि गरेको संघर्षलाई देखाउने
गरिन्थ्यो ।
Facebook Unveils A Smarter Search Engine Is Now Available
Samsung Beefs Up Chromebox With A Core I5 Processor
Dylan: What It Takes To Compete With Silicon Valley
Tuesday, March 10, 2015
हेलिकप्टर दुर्घटनामा तीन स्टार खेलाडीसहित १० को मृत्यु
Labels:
world top news




0 comments: