साप्ताहिक राशिफल ,वि.सं. २०७१ चैत्र २८गतेदेखि
वि.सं. २०७२/वैशाष ५ गतेसम्म
==============================
=======================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा दाम्पत्य जीवन असल हुनेछ
वा
अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको
प्रस्ताव राख्न
सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित
हुनेछ ।
उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक
धनप्राप्तिको
सम्भावना छ । सोमबारपछि गर्नु नपर्ने कामबाट
जोगिने बेला
हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त
र मानसिक
रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही
समयका लागि
थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई
कार्य गर्नु
होला । बुधबारपछि जीवनसाथी वा बालबच्चासँग
कुराकानी
गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।
आफूमुनिका
नातेदार वा बालबच्चासित राम्रो व्यवहार
गर्नुहोला ।
इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल
प्राप्त हुनेछ ।
साताको अन्त्यमा पशुपालक र दुग्धव्यवसायमा
संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा
सकारात्मक संकेत देखिने छ । भाइबहिनी वा
सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा साथीभाइ टाढिने र
व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ ।
पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको
सिर्जना हुनसक्छ । प्रतियोगिताबाट
निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक
क्षेत्रबाट सफलता लिन सकिंदैन । सोमबारपछि
सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका
साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय
रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल
छ । बुधबारपछि स्वास्थ्यमा अचानक गडबडी आउने
सम्भावना देखिन्छ ।
सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं
सावधान रहनु होला । तपार्इंको व्यक्तिगत
दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम
नथाल्नु होला । साताको अन्त्यमा हातमा अचानक
सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र
बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय
राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग
भेटघाट र रमाइलो गरिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा बौद्धिक, साहित्यिक र
सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ ।
धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् ।
सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा
प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन
हुनेछन् । सोमबारपछि काम गर्दा आर्थिक,
सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या
आइलाग्न सक्छन् । झिनामसिना कामका लागि
पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र
झैझगडाबाट टाढा रहनु होला, निर्णय
क्षमताले काम नगर्न सक्छ । बुधबारपछि तपाईं
दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र
भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको
राम्रो माया मिल्नेछ । साताको अन्त्यमा
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने
योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि
सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले
विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले
अपमानित तुल्याउन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा राम्रो समय छैन ।
आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी
आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना
कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता
पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ ।
सोमबारपछि विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन
गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि
भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर
र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको
क्षेत्रमा राम्रो
छ । बुधबारपछि भोगविलासमा आकर्षण बढ्न सक्छ,
विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च
हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा
नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र
झैझगडाबाट टाढा रहनु राम्रो हो । साताको
अन्त्यमा प्रेमसम्बन्धमा सुधार आउने छ ।
कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो
हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत
बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद
प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा दाजुभाइ र बन्धुबान्धवको
सल्लाहले रोकिएको काम बन्न सक्छ ।धार्मिक र
सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक
भावनाको विकास हुनेछ ।
दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा
अभिबृद्धि हुनेछ । सोमबारपछि विदेश वा प्रवासमा
बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ
प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप
गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती
देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन
। बुधबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च
सफलता प्राप्त हुने
छ । व्यावहारिक र प्राविधिक काममा विशेष
सफलता प्राप्त हुने छ । बौद्धिक
क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र
छोराछोरीले सहयोग गर्नेछन् । साताको
अन्त्यमा प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर
पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले
गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु
बेस हुनेछ । विलासिता र मनोरञ्जनका लागि समय र
धन खर्च हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा मन प्रसन्न रहनेछ । आर्थिक
लाभ प्राप्त हुनेछ । परिवारमा
मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र
सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । यस समयको
जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने सङ्केत छ ।
सोमबारपछि धार्मिक, सामाजिक काम वा
परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय
आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ
काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि
अनुकूल समय आएको छ । बुधबारपछि घरायसी
कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका
लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा
वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका
कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको
मायामा कमी आउने छ । साताको अन्त्यमा कल्पना
र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो
पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या
निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि बडो
विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा निर्णय सार्थक हुनेछ ।
मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।
मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी
नै हुनेछ । सोमबारपछि व्यवसायिक क्षेत्रमा
बोलीको कदर हुने समय हो । वाणि र व्यवहारप्रति
विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर
बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ
। भौतिक सम्पत्तिको जोहो हुनसक्छ । बुधबारपछि
सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा
सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर
प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट
विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम
खालको छ । साताको अन्त्यमा घरगृहस्थीमा धेरै
समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले
घरायसी
कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा
स्वास्थ्यमा समस्या आउनसक्छ ।
छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी
बोध हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा ठूला आशा र
महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ ।
आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ ।
परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता
हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ
। सोमबारपछि महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन्
। लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ ।
लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।
घरायसी वातावरण पनि पक्षमा रहनेछ । समग्रतामा
राम्रो परिणाम प्राप्त हुनेछ । बुधबारपछि सम्पति
प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन
संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले
लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या
कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार
प्राप्त हुनेछ । साताको अन्त्यमा
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य
गर्नुहोला । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ
। आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले
पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी
हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा राज्यपक्षबाट लाभ प्राप्त
हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा
प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट
सन्तोष मिल्नेछ । नोकरी र सामाजिक
क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट
सन्तुष्ट भइन्छ । सोमबारपछि शरीरमा
आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई
नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ ।
विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र
छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ ।
बुधबारपछि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना
माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा
दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ
। गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।
बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ ।
साताको अन्त्यमा उत्साहवर्द्धक समय छ । कतै
रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण
सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र
पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा
बढी कमाउने योग छ । समय राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा घरपरिवारबाट भरमग्दुर
सहयोग प्राप्त हुने छ । सानो प्रयासले
रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी
जागिरेका लागि प्रशंसा, बढुवा वा
जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित
काममा सहयोग गर्नु पर्ला । सोमबारपछि
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा
सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् ।
धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा
सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा
प्रशंसित हुने अवसर प्राप्त हुनेछ । बुधबारपछि खर्चको
मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा
आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा
तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम
सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा
हानीकारक बन्नसक्छ । साताको अन्त्यमा संयमता र
धैर्यतालाई त्याग्नुहुँदैन । कुनै पनि नयाँ काम थाल्नु
राम्रो हुनेछ, व्यवहारिक फाइदा पुग्नेछ ।
उपलब्धीमूलक यात्रा हुने योग छ । घरायसी
मामिलामा समय समय नसक्नाले केही केही
धमिलोपन आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा छात्रछात्रालाई भोजन
प्रदान गरेमा भाग्यबल बढ्ने छ र रोकिएका
काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक
प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ
। घरायसी सम्बन्ध राम्रै रहने छ । सोमबारपछि
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ,
चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका
क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका
लागि समय निकाल्न नसक्नाले थोरै तनावको
सामना गर्नुपर्ने छ । बुधबारपछि साथीभाइ र
नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ
। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ ।
यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय
होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । साताको
अन्त्यमा सुखी जीवन व्यतीत गर्न मन लालायित
हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद
गर्न धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा
तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा
निराशा भोग्नु पर्छ
।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा विगतमा आफूले गरेका
कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ
। घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो
दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।
परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । सोमबारपछि
लामो दूरीको यात्रामा निस्कन वा यातायातको
साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका
आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न
पाउनु हुनेछ । बुधबारपछि विभिन्न जिम्मेवारी
निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा
रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या
देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट
भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन
। साताको अन्त्यमा भेटघाट
र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको
स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र




0 comments: