साप्ताहिक राशिफल ,वि.सं. २०७२ वैशाख ०६ गतेदेखि २०७२ वैशाष१२गतेसम्म==
============================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा पेसागत र व्यवसायिक स्थिति बिग्रँदै जानेछ ।
आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । स्वास्थ्य
सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन ल्याउने
छ । हडबड र शीघ्रताले काम गर्ने
प्रवृत्तिमा नियन्त्रण गर्नुस् । सोमबारपछि अभिभावकवर्ग वा विशिष्ट
व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक
जीवनमा रमाइलोपना आउने छ ।
बिहीबारपछि मनमा अशान्ति र छटपटी व्याप्त
हुने छ । घरायसी वातावरण, दाम्पत्य र
प्रणयसम्बन्धमा असहजता आउनसक्छ । कसैसँग
व्यर्थमा वादविवाद हुनसक्छ । महत्वपूर्ण काम गर्न
बाँकी भए केही दिनका लागि नगर्नु
राम्रो हुनेछ । साताको अन्त्यमा कामको दायित्व थपिने छ । सार्वजनिक
हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले
प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य
सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय
भूमिकाको खोजीहुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने
समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । प्राप्त
गरेको ज्ञान अरुलाई बाँड्ने बेला हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ
प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ ।
सोमबारपछि आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ ।
बन्दव्यापार र साझेदारीबाट फाइदा हुनेछैन । आर्थिक
समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र
लेखनको कार्यमा खासै तत्परता देखिँदैन ।
बिहीबारपछि स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ ।
घुमघाम, भेटघाट र मनोरञ्जनमा समय बित्नेछ । कतै
मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ,
दाम्पत्यसम्बन्ध सुखद रहनेछ । परोपकारकारका क्षेत्रमा मन
आकर्षित हुनेछ । साताको अन्त्यमा अनावश्यक र
झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक
क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने
योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित
बन्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस
साताको प्रारम्भमा घरायसी वातावरणमा केही धमिलोपन
आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र
बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन ।
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ ।
सोमबारपछि विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ,
रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ ।
सभासमारोहमा सहभागी बन्ने मौका छ ।
आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । चिन्तन
महत्त्वपूर्ण बन्न सक्छ ।
बिहीबारपछि काममा बाधाअडचन उत्पन्न हुन सक्छ ।
आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । आकस्मिक
रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक
प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय
सम्पादनका सिलसिलामा बेफाइदा हुनेछ ।
साताको अन्त्यमा प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले
ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ ।
सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै
छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन
सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र
सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई
दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र
दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् ।
सोमबारपछि धार्मिक, सामाजिक क्षेत्र वा मित्रवर्ग बाट धोका हुनसक्छ
। रगतमा खराबी देखिन सक्छ
वा छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न ।
आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र
छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ ।
बिहीबारपछि पठनपाठनमा ध्यान दिनु बेस हुनेछ ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र
साथीभाइले उपयोगी र आवश्यक सहयोग
प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
इष्टमित्रले प्रशंसा गर्नेछन् । साताको अन्त्यमा दिन
चुनौती र परीक्षणका रूपमा देखा परेको छ ।
वादविवाद, मुद्दामामिला र दैनिक
काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र
उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न
हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र
सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै
बेस हुनेछ । सोमबारपछि विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र
प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग
सुमधुर सम्बन्ध कायम हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक
क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ ।
बिहीबारपछि झैझगडाबाट टाढा बस्ने समय हो ।
खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग मनमुटाव
हुनसक्छ । प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस
हुनेछ । शरीरमा आलस्यपना देखिने छ, चोटपटक
पनि लाग्न सक्छ । साताको अन्त्यमा मानसम्मानमा बृद्धि हुनेछ ।
महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन
वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्
। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
सहयोगीहरूले काममा साथ दिनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट
राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष
लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच
बनाउनु भएको छ भने अनुकूल छ । सोमबारपछि सामाजिक र व्यक्तिगत
प्रतिष्ठा स्थापना गर्ने मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ
। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन
रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।
बिहीबारपछि नजिकका मित्रबाट विशेष सहयोग र सुख
प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट
खुसीको खबर प्राप्त हुने सम्भावना छ । भोजभतेर,
खानपिन जस्ता कार्यमा सहभागी हुनु पर्नेछ ।
सानातिना कुरामा अल्मलिने समय छैन । साताको अन्त्यमा परिवारभित्रकै
सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च
हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ,
शरीरमा चोटपटकको भय छ ।
पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ
।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने
सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ
। पारिवारिक समस्याले मन खिन्न हुनेछ ।
दीर्घकालीन लगानीले पिरोल्न
सक्छ । प्रतिकूल समय छ । सोमबारपछि व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त
हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक
काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक
काममा मन जान सक्छ । बिहीबारपछि मिष्ठान्न
भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक
लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र
लगानीको वातावरण बन्नेछ । धेरैथोर
लगानी गर्नु पर्नेछ । बोलीको प्रभाव बढ्नेछ,
आफन्तले प्रशंसा गर्नेछन् । साताको अन्त्यमा व्यापारिक वा दैनिक
कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार,
कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ
। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
आम्दानीमा कमी आउने छैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यस साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन
प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट
तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ ।
बोलीको कदर हुनेछ । प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
सोमबारपछि लामो दूरीको यात्रा हानीकारक
हुनसक्छ । शरीरमा पीडा हुनेछ । घाउचोट
तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । अप्रिय समाचार सुन्नु
पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ । परिवारबाट असहयोग
हुनेछ । बिहीबारपछि नयाँ कामको लागि नयाँ अवसर
आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
शुभ समाचार प्राप्त हुने योग छ । मन फुरुङ्ग हुने समय छ ।
दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । घरपरिवारमा राम्रो छ ।
साताको अन्त्यमा मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ ।
सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ,
मेवामिष्ठान्न र परिकार मिल्नेछ ।
छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त
हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले
प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त
आम्दानी हुने सङ्केत पनि छ,
आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ ।
आलोचनाबाट बच्नुहोला । सोमबारपछि सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने
सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
बिहीबारपछि यात्राको योग छ, तर सवारी साधन
चलाउँदा वा बाटो काट्दा निकै होस राख्नुहोला । स्वास्थ्य खराब
हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ ।
काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति व्याप्त हुने छ ।
साताको अन्त्यमा मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण
उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार
र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम
प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा उत्साहपूर्वक काम गर्नुहोला । यात्राको समय
छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन
प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र
यादमा कुनै समय यापन हुन सक्छ ।
सोमबारपछि साथीभाइसित भेटघाट हुने योग छ ।
समाजको नेतृत्व बहन गर्नुपर्ने छ । खाद्यान्नका परिकार
तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल
हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ
। बिहीबारपछि आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने
देखिन्छ । धार्मिक तथा आध्यात्मिक
क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला ।
नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
साताको अन्त्यमा नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ
। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने
सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ ।
जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा चोटपटकको भय हुनेछ । झुठो फत्तुर
पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं
विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु
अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने
प्रयास गर्नेछन् । सोमबारपछि प्रेम र भाइचारा जीवन्त
तुल्याउने विशिष्ट समय हो । मातापिता, अभिभावक र
मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । साँझ विशिष्ट
व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ अनि कुनै महत्वपूर्ण
कार्य सम्पन्न हुनेछ । बिहीबारपछि स्वास्थ्यस्थिति
राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक
सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै
उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन
रोजगारीको सम्भावना छ । साताको अन्त्यमा शुभ समाचार
प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु
पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने
र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु
पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान
पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र
शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट
प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सोमबारपछि धन,
धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ ।
स्वास्थ्यमा गडबडी आउने सम्भावना देखिन्छ ।
समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । सामाजिक र
परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष
गर्नुपर्छ । बिहीबारपछि दान पुण्यका कार्यतर्फ मन
आकर्षित बन्नेछ । कुनै पर्यटकीय स्थल,
तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।
घरमा बस्दा उज्यालो, सफा र स्वच्छ लुगा लगाई बस्नुहोला यसबाट
धनलाभ र बौद्धिक तथा प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
साताको अन्त्यमा धैर्यधारण गरी परिश्रम गर्ने समय हो ।
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त
भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ । —




0 comments: